एमसीसी इन्डो–प्यासिफिककै अंग : अमेरिकी दूतावास


घनश्याम खड्का
काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना नेपालकै हित र अनुरोधमा अघि बढेको र यो इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अंग भएको जनाएको छ । अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले प्रस्ट पारेको छ ।

‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले कान्तिपुरसँग भने, ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन नै भनिएको छ ।’ इन्डो–प्यासिफिक सहभागी देशकै हितका लागि तय गरिएको नीति भएको उनले बताए । ‘यस नीतिअनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुन्छ, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुन्छन्,’ उनी भन्छन्, ‘नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित हो ।’Meroghar

सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्ध संरक्षण संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीतिको रहेको पनि उनले बताए । एमसीसी नेपालकै अनुरोधमा सुरु भएको र संसद्बाट सम्झौता अनुमोदन गर्ने सर्त नेपालका लागि मात्रै नभएको दूतावासले जनाएको छ । ‘अन्तर्राष्ट्रिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो र यो सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको छ,’ रोजर्सले भने, ‘यी सबै देशमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनैपर्छ, यो नेपालका लागि मात्रै राखिएको विशेष सर्त होइन ।’

चार सय केभी क्षमताको तीन सय किमि लामो प्रसारण लाइन बनाएर जलविद्युत्लाई सुलभ र सहज बनाउने अनि हालसम्मकै नयाँ प्रविधि प्रयोग गरेर ३ सय ५ किमि सडकको आवधिक मर्मत गर्ने भनेर नेपालले एमसीसीसँग सम्झौता गरेको हो । यसका लागि अमेरिकाले ५६ अर्ब रुपैयाँ अनुदान सहायता प्रदान गर्दै छ, जुन पाँच वर्षमा खर्च गरिसक्नुपर्ने सर्तमा उल्लेख छ । विश्वलाई नेपालमा लगानीको वातावरण छ भन्ने महत्त्वपूर्ण सन्देश एमसीसी परियोजनाको सफल कार्यान्वयन भएको दूतावासको बुझाइ छ ।

ठूलो रकम अनुदानमा आउने र त्यो पूर्वाधारमा खर्च गर्न पाइने हुनाले सन् २०१२ मा एमसीसीसँग जोडिने प्रक्रिया नेपालले सुरु गरेको थियो । नेपालकै अनुरोधमा सहयोग दिन लागेको दूतावासले जनाएको छ । सन् २०१५ मा यस परियोजनाका लागि नेपालमा कार्यालय पनि स्थापना भइसकेको छ । सन् २०२० को ग्रीष्म ऋतुमा पाँचवर्षे यो परियोजना सुरु पनि हुँदै छ ।

इन्डो–प्यासिफिक स्ट्राटेजी नामको नयाँ नीति भने ट्रम्प प्रशासनले पोहोर मात्रै सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि गत वर्ष असारमै संसद्मा दर्ता गरिएको थियो । तर त्यतिबेलै इन्डो–प्यासिफिक स्ट्राटेजी सार्वजनिक भएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद्मा पेस नगरी वर्षे अधिवेशन टुंग्याएका थिए ।
प्रकाशित : पुस १२, २०७६ ०८:४९
श्रोतबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video