पहिलो ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले हात पारे, अवार्ड समारोह भव्य सम्पन्न


दक्षिण कोरिया/ शौल/ अमिर योन्जन/
पहिलो अन्तर्राष्ट्रिय समाजवाद अवार्ड (International Socialism Award) ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले जितेको छ । पहिलो हिरोसँगै उनले नगद २० लाख वान र विभिन्न उपहारहरु पाएका छन् । अवार्ड समारोह भव्य सम्पन्न भएको आयोजकले दावी गरेको छ ।

समुद्घाटन समारोह:-

प्रमुख अतिथीको सम्वोधन:-

सभापतिको सम्बोधन:-

आइतबार सउलमा अनलाइन मिडिया कोरिया र क्लब फाट्टी इन्टरनेशनल नेपालको आयोजना तथा ग्लोबल भिलेज मल्टिकल्चर फेडेरेशनको सहआयोजनामा भएको अवार्डमा समाजसेवी तथा भाषा अनुवादक शुभद्राले जितेका हुन् । उनले २ सय ३८ मत ल्याएर अवार्ड जितेका हुन् ।

आईएसए हिरो-२०१९ तस्वीरहरु:-

अवार्डको लागि विभिन्न विधामा पहिलो चरणमा छानिएर नाम सार्वजनिक गरेको थियो । आज त्यस छानिएका अवार्ड प्राप्त गरेका मध्यलाई उपस्थिति दर्शकद्धारा मतदान गरी छानिएको हो ।

विजेता शुभद्राले समरोहपछि सञ्चारकर्मीहरुलाई कुरा गर्दै आफूले पाएको नगद पुरस्कारको नेपाली १ लाख रुपैयाँ बैज्ञानिक महाविर पुनको अविष्कार केन्द्रलाई सहयोग गर्ने बताएको छ । उनले अबको दिनमा यस अवार्डले सामाजिक सेवामा थप जिम्मेवारी थपेको बताइन् ।

कार्यक्रममा नेपालबाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र आयोजकका अध्यक्ष बिभु न्यौपने आउने भनिएको थियो तर विविध कारणले उपस्थिति हुन नसकेको अर्का आयोजक अनलाइन मिडियाका अध्यक्ष किशोर ब्लोन नियोगले जानकारी दिए ।
कार्यक्रममा मुन सां जू को प्रमुख आतिथ्य र किशोर ब्लोन नियोगको सभापतित्व रहेको थियो । कार्यक्रम युवा समाज सेवी तथा बुद्धिजीवीहरुको उपस्थितीमा सम्पन गरेको हो । प्रमुख अतिथी मुन सां जू कोरियाको राष्ट्रपति मुन जेई ईनको दाई हुन । उनले नेपालमा लागानी भित्र्याउने बारे चासो व्यक्त गरेको र पर्यटन बर्ष २०२० सफल गराउन नेपाल सरकारलाई शुभकामना व्यक्त गरेका थिए ।
सो समारोह विभिन्न बिधामा नेपालीहरु २३ जना र २६ जना कोरियन नागरिकलाई अवार्ड द्वारा सम्मानित गरेको हो ।
त्यसैगरी बिशेष अतिथीहरु:- छां दु अक, दिलिप धिताल, आदर्श मगर, श्री प्रसाद श्रेष्ठ, अमृत राई, युगल तेन्डुप शेर्पा, मझुशुधन ओझा, मिना थापा, ऋतु श्रेष्ठ, मनोज गौतम दर्पण गुरुं रहनु भएको थियो । कार्यक्रमको संचालिका सोनाम लामा ह्योल्मो थियो भने कार्यक्रम व्यवस्थापक प्रमुख राज कुमार स्याङतान रहेको थियो ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video