कांग्रेसले उद्योग बेचेपछि लाखौँ युवा खाडी मुलुक पुगे : ओली


कांग्रेसले उद्योग बेचेपछि लाखौँ युवा खाडी मुलुक पुगे : ओली

भक्तपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ–नयाँ आकांक्षा जन्माउने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको ओलीको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बिहीबार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए। ‘निजीकरण र उदारिकरणका नाममा देशमा भएका ३८ वटा उद्योग कांग्रेसको पालामा बेचिए’ ओलीले भने, ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन्।’
सम्पत्ति शुद्धिकरणका नाममा व्यावसायीलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएको समेत ओलीको भनाइ छ। ‘आफ्नै खाताबाट १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो ‘सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आर्जन गर्ने होइन। ’
अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताए।
महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान, पद्म ज्योती, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष। तस्बिर : ओलीको निजी सचिवालय

annapurnapost

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video