पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै


पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै
एमाले, कांग्रेस, माओवादी बाहेक फोरम र राजपाले ३ प्रतिशत कटाउने सम्भावना
– राजेश मिश्र, काठमाडौं
आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना पूरा सकिएको छैन । तर, बिहीबार दिउँसोसम्म करीब ७० प्रतिशत गणना सकिएको छ ।

अहिलेसम्मको गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ । समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्न पाउने कानूनी प्रावधान छ ।

राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसदमा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिटेको छ ।

समानुपातिक तर्फ अहिलेसम्मको गणनामा एमालेले ३४, कांग्रेसले ३३ र माओवादीले १३ प्रतिशतभन्दा बढी मत ल्याएको छ । फोरमले ४ र राजपाले ३ प्रतिशत बढी मत ल्याएको छ । निर्वाचन आयोगले गणना नसकिदैं कुन कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने जनाएको छ । तर, अनौपचारिक रुपमा आयोगका अधिकारीले राजपासम्मले राष्ट्रिय पार्टी बन्ने बताएको छ ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । समानुपातिक तर्फ ४ देखि ५ प्रतिशत हाराहारीमा मतबदर हुने अनुमान गरिएको छ । त्यस अनुसार ३ प्रतिशत मत पुर्‍याउन दलले ३ लाखभन्दा थोरै बढी मत ल्याउनुपर्ने देखिन्छ ।

समानुपातिकको सिट बाँडफाँड गर्दा ३ प्रतिशत भन्दा कम मत ल्याएका राजनीतिक दलको मतको गणना हुनेछैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिटको वितरण हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटापनि सिट पाउने छैनन् । तर, न्यूनतम ३ प्रतिशत पुर्‍याउनले ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

प्रत्यक्ष तर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा २ दशमलव २५ प्रतिशत ल्याएको छन् । उक्त दलले ३ प्रतिशत पुर्‍याए राष्ट्रिय पार्टी बन्न सक्छ । तर, प्रत्यक्ष तर्फ एक सिटपनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा २ दशमलव २६ प्रतिशत हराहारीमा मत ल्याइसकेको छ । उक्त दलले समानुपातिकमा ३ प्रतिशत पुर्‍याए समानुपातिकबाट प्रतिनिधित्व त पाउने छ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।

प्रत्यक्षमा एक सिट जितेको नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशत मूनी देखिएकाले र अब गणनापनि धेरै बाँकी नरहेकाले ती दलहरु राष्ट्रिय पार्टीको सूचीमा अटाउने छैनन् ।

अपरान्ह १२ वजेसम्म सम्पन्न समानुपातिक तर्फका कुल ७८६३७६६ मतको गणना विवरण

नेकपा एमाले २६८६७८९ ३४.१६ प्रतिशत

कांग्रेस २५९६११८ ३३.०१ प्रतिशत

माओवादी १०७४१७६ १३.६५ प्रतिशत

संघीय समाजवादी फोरम नेपाल ३६५४३० ४. ६४ प्रतिशत

राष्ट्रिय जनता पार्टी नेपाल ३११५७८ ३.९६ प्रतिशत

विवेकशील साझा पार्टी १७७८६९ २.२६ प्रतिशत

राप्रपा १७७५१७ २.२५ प्रतिशत

नयाँ शक्ति पार्टी नेपाल ७००५८ ०.८९ प्रतिशत

राप्रपा(प्रजातान्त्रिक) ६४५४९ ०.८२ प्रतिशत

नेपाल मजदुर किसान पार्टी ५०७०१ ०.६४ प्रतिशत

अन्य साना दलले पाएको कुल मत २८८९८१

kantipur

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video