जो मसला बेच्दै व्यवसायमा उदाए र मन्त्री बने


मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्चामै नआएका नायाँ नाम मन्त्री भएका छन्। यस बीचमा मन्त्रीबाट हटाइन लागेका र मन्त्रीपरिषदमा थपिने संभावित नामबारे मिडियामा धेरै चर्चा भयो, सयौं पटक संभावित नामहरू प्रकाशित भए तर एक जनाको नाम सायद कसैले सोचेको पनि थिएन, जो बुधबार राज्यमन्त्री नियुक्त भए।

व्यवसायी मोतीलाल दुगड पनि नयाँ मन्त्रीको सूचीमा रहेको बुधबार साँझ ५ः५० बजेको नेपालखबरको रिपोर्टमा आएको थियो।नभन्दै साँझ अबेर राष्ट्रपति कार्यालयले जारी गरेको मन्त्रीपरिषदको नयाँ सूचीमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीका रुपमा मोतीलाल दुगडको नाम देखियो। त्यसो त मन्त्रीपरिषदमा आएका केही नयाँ नामहरू यसअघि कमै चर्चा भएका वा नभएका पनि छन्। तर प्रधानमन्त्रीले नियुक्त गरेपछि मात्र मिडियाले पनि मन्त्री भएको चाल पाएपछि चर्चा सुरु भैहाल्यो आखिर को हुन् त दुगडरु

खासगरी उद्योगी व्यवसायीबीच दुगडको नाम दुई वटा कारणले गर्दा बढी चर्चामा छ– एक, उनी उद्योगीसँग सम्बन्धित उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेका कारण र दुई, उनी माडवारी समुदायबाट मन्त्री बनेका कारण पनि।

विराटनगरका ५४ वर्षीय मोतीलाल दुगड सेञ्चुरी मसला उद्योगका सञ्चालक हुन्, जसको सफलताले उनलाई उद्योगीका रुपमा स्थापित गर्यो। अब भने उनले होटलमा पनि लगानी गरेका छन्। विराटनगरमा रहेको चार तारे ह्यारिसन होटल सेञ्चुरी मसलापछि अहिले दुगडको अर्को ठूलो व्यवसाय हो। पूर्वको एउटा चर्चित होटलका रुपमा ह्यारिसन आएको छ।

सेन्चूरियन समूहकै नाममा दुगडले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्, जुन समूहले ट्राभल कम्पनीहरु र सपिङ मल पनि चलाउँछ। विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन्। प्रधानमन्त्री ओलीले नै पहिलो पटक प्रधानमन्त्री हुँदा दुगडको ह्यारिसन होटलको उद्घाटन गरेका थिए।

अहिले पनि पूर्व जाँदा नेकपाका उच्च नेताहरू पायक परेसम्म दुगडको यही होटलमा बसोबास गर्छन्। छोटो समयमा व्यवसायमा प्रगति गरेका र आयस्रोत बढाएका दुगडलाई उनका प्रतिस्पर्धी व्यवसायीले भने त्यत्ति सहज रुपमा लिँदैनन्।व्यवसायी भएपनि दुगडको पृष्ठभूमी राजनीतिक नै हो। कुनै समय उनी नेपाल सद्भावना पार्टी ‘आनन्दीदेवी’ का नेता थिए। जुन पार्टीबाट उनी पहिलो संविधान सभाको सभाषद पनि बने।

तर पार्टीको नेताहरु श्यामसुन्दर गुप्ता र सरिता गिरिसँग मनमुटाव भएपछि दुगडले ‘नवनेपाल निर्माण पार्टी’ स्थापना गरे। तर त्यो पार्टीबाट पनि राजनीतिक करिअर नबन्ने भएपछि सायद उनी नेकपातिर ढल्किए र कालान्तरमा अहिले मन्त्री भए।सांसद दुगडले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीको सपथ लिनेछन्। नेपाल खबरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video