विधुत खपतमा चुनौती, उत्पादन मनग्य भएको कुलमान घिसिङको दावी


दक्षिण कोरिया/ शौल/ के बि नियोग/
दक्षिण कोरियमा नेपाली समुदायले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङलाई सम्मान तथा नेपाली संस्थाहरुले संयुक्तरुपमा भेटघाट, छलफल कार्यक्रम सम्पन्न गरेको छ । सउलमा भएको उक्त कार्यक्रममा विधुत खपतमा चुनौती रहेको र उत्पादन मनग्य भएको घिसिङले दावी गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी कार्यवाहक राजदुत राम सिंह थापाले प्रसासन संयन्त्र विस्तारै सुध्रिने जिकिर गरेको थियो । विशेष आतिथ्य रहेका घिसिङले नेपाल सरकार र विधुत प्राधिकरणको सम्पुर्ण टिमको खटाईले नै नेपालमा लोडसेडिं अन्त्य गर्न सफल भएको बताए । उनले थपे “अब विधुत अन्तरराष्ट्रीय स्तरमा निर्यात गर्छौ । नेपालको समृद्धिमा टेवा पुर्याउछौ ।”

कार्यक्रममा तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष मेघ प्रसाद तामाङले १८ बर्ष सम्म अन्धकारमा रहेको लोडसेडिं सधैको लागी अन्त्य भएकोमा खुशी व्यक्त गरेका थिए । त्यसैगरी प्रदेश ३ एकता समाज र अनलाईन मिडियाका अध्यक्ष किशोर ब्लोन नियोगले पनि मन्तव्य राख्दै कुशल व्यवस्थापनको मुख्य कारणले विधुत प्राधिकरण विधुत उत्पादन गर्न सफल भएको बताए । ब्लोनले कुलमान जस्तो व्यक्ति अरु क्षेत्रमा पनि भए सबै संयन्त्रको परिवर्तन टाढा नरहेको विश्वास व्यक्त गरे । एनआरएनका पुर्व अध्यक्ष विनोद कुँवर, लक्ष्मी लामा गरुंले पनि मन्तव्य राखेका थिए । साथै स्वागतम मन्तव्य एनआरएनए उपाध्यक्ष सोम तामाङले गरेको थियो ।

एनआरएनए, एनसीसी , आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ, अनलाईन मिडिया, प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुरपश्चिमान्चल समाज, दोंदेमुन व्यवसाय संघ, वमन फर वमन, तामाङ संघ, र रामेछाप सम्पर्क समिती लगाएतको संस्थाहरुले कार्यक्रम आयोजना गरिएको हो ।

घिसिङ कोरिया सरकारको निमन्त्रणामा “Energy transition and digital transformation” BIXPO 2019, Korea सम्मेलनमा भाग लिन उनको टोली सहित आउनु भएको हो ।
कार्यक्रम दोंदेमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको हलमा भएको हो । सम्पुर्ण कोरियामा रहेको नेपाली महानुभावहरुको बाग्लो उपस्थितीमा घिसिङले संवोधन गरेको थियो ।
उनको सम्बोधन भिडियो सहित:

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video