सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न


मिन बि क/शौल/
सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर कार्यक्रम गरेको हो । ओ योङ्ग हुन दक्षिण कोरियाका डेमोक्रेटीक पार्टीका तर्फबाट सांसद तथा कोरिया नेपाल संसदीय मित्रता ग्रुपको उपाध्यक्ष समेत रहेको छ ।

कोरियामा रहेर नेपालमा पर्यटन भित्र्याउन सहयोग पुर्याउन सहयोग गर्दै आईरहेका कोरियास्थित पर्यटन ब्यबसायी , कोरियन संचार माध्यमको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजक आम होंग गिल ह्युमन फ़ाउण्डेशनका प्रबन्ध निर्देशक आम होंग गिलले गरेका थिए ।
“नेपाल भ्रमण बर्ष २०२०” अभियानका केन्द्रिय संयोजक सुरज बैद्यले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य सहित नेपाल चिनारी र भ्रमण बर्ष २०२० मा नेपाल भ्रमण किन गर्ने भन्ने बिषयमा स्पष्ट पारेको थियो । साथै उनले “नेपाल भ्रमण बर्ष २०२०” मा कोरियाबाट अधिक मात्रामा पर्यटकहरुलाई नेपालमा स्वागत गर्न पाईने अपेक्षा सहित “नेपाल भ्रमण बर्ष २०२०” सफल बनाइदिनको लागी अनुरोध गरेका थिए । त्यसैगरी धेरै जसो कोरियन नागरिकहरुले नेपाललाई पहाडै पहाड भएको देश भनेर चिन्ने भएपनि नेपालको भौगोलिक र प्राकृतिक अबस्था अत्यन्तै शुन्दर रहनुको साथसाथै नेपालमा अन्य देशहरुमा देख्न नसकिने पशुपन्क्षीहरु प्रशस्त रहेकाछन् । नेपाल र कोरिया बिच धेरै जसो सांस्कृतिक रीतिरिवाजहरू पनि मिल्दोजुल्दो रहेको छ । प्राकृतिक सौन्दर्य के हो भनेर हेर्नको लागी नेपाल एक पटक अबस्य पाल्नुहुनेछ , हामीले नेपाल दुरीको हिसाबले निकै टाढा भनेर बुझ्छौं होला तर कोरियाबाट सिधै छ घन्टाको यात्रा पछि नेपाल पुग्न सकिन्छ सुरज बैद्यले भने ।
कार्यक्रम संयोजक आम होंग गिलले नेपाल विश्वमै एक शुन्दर देश भएको र त्यहाँको सौन्दर्य तथा हिमालयले एक पटक भ्रमण गर्ने मानिस जो कोहीलाई पनि फेरी जाउ जाउ लाग्ने बनाउने देश रहेको बताए ।
कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालका अध्यक्ष अमर शाहीले “नेपाल भ्रमण बर्ष २०२०” मा धेरै भन्दा धेरै कोरियाली पर्यटकहरुलाई नेपालको वास्तविक प्राकृतिक सौन्दर्य देखाउनको लागी स्वागत गर्न आतुर रहेको बताए ।
कोरिया स्थित नेपाली राजदुतावासका उपनियो प्रमुख राम सिंह थापाले हाल कोरियामा लगभग ३५ हजार नेपाली हरु कार्यरत रहेको छन् । गत बर्ष मात्रै ४० हजार कोरियन नागरिकले नेपाल भ्रमण गरिसकेका छन् भने यो बर्ष यो संख्या बढ्दो क्रममा रहेको साथै “नेपाल भ्रमण बर्ष २०२०” मा अझै बढने बिश्वास रहेको जनाए ।
कोरिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बन्दै गएको र अब आउने दिनहरुमा अझ मज्बुद हुदैजाने तथा बिगतमा कोरियालाई नेपालले गरेको सहयोगको सम्झना गर्नुको साथै “नेपाल भ्रमण बर्ष २०२०” सफल बनाउन कोरियालीहरुलाई थप आकर्षित बनाउन आफुले गर्नसक्ने सहयोग गर्ने तथा आफु पनि नेपाल भ्रमण जाने बाचा प्रमुख अतिथि ओ योङ्ग हुनले गरेका थिए ।
प्रमुख अतिथि ओ योङ्ग हुनलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै कार्यक्रम संयोजक आम होंग गिल नेपालमा भुकम्प जादा उहाँको फ़ाउण्डेशनबाट गर्नुभएको अमुल्य सहयोगको कदर गर्दै कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । “नेपाल भ्रमण बर्ष २०२०” दुई जनालाई सद्भावना दुत घोषणा तथा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । जसमा कार्यक्रम संयोजक आम होंग गिल र कोरियास्थित बुद्दिष्ट संस्थाका महासचिव भान साङ्ग सान रहेका छन्, हालसम्म उनि १५० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।
नेपालमा २०१५ मा भुकम्प गएको बेला कोरियाबाट आम होंग गिल ह्युमन फ़ाउण्डेशन मार्फत अमुल्य सहयोग प्रदान गरेकोमा उक्त फ़ाउण्डेशनका प्रबन्ध निर्देशक आम होंग गिल लगायत थांग ओक सुन तथा कांग तेइ सुन (संचालक ब्ल्याक याक)लाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै नेपालमा पर्यटक भित्र्याउन सहयोग गरेकोमा हेचो ट्रेकिंगका संचालकलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो ।किरण शाक्यले काय्रक्रम सभ्य र भब्य बनाउनको लागी सहयोग गर्ने सम्पूर्णलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रम चादनी लामाले संचालन गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video