दक्षिण कोरियामा पहिलो ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड-(ईसा २०१९)’ को आयोजना हुने


दक्षिण कोरिया । शौल ।
सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ को आयोजना हुने भएको छ ।

अवार्ड २०१९ नोभेम्बर १० मा दक्षिण कोरियाको सिउलमा हुनेछ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछ । यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको
आयोजकले जानकारी दिए ।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ । पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको हो । नेपालमा छनौट प्रकृया सकिएको क्लब फोर्टीका अध्यक्ष बिभु न्याउपानेले बताएको हो । अब कोरियाको नेपाली समाजमा योगदान गरेकाहरुको छनौट प्रकृया आजबाट शुरु भएको छ । नोमिनेशन आवेदन, छनौट प्रकृया एक साताको समय अवधी तोकिएको छ । छनौट समिति गोप्य राखिएको आयोजकले बताए ।
उक्त ऐतिहासिक अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा उज्यालो नेपालका नायक तथा विधुत प्राधिकरणका कार्यकारी डाईरेक्टर कुलमान घिसिङ तथा सिएनएन हिरो अनुराधा कोईरालालाई आमन्त्रण गरिएको हो ।
कोरियामा रहेका एमटियू, एनसीसी, आदिवासी जनजाती महासंघ,प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुर पश्चिमान्चल समाज, फोनिज कोरिया, तामाङ संघ तथा वमन फर वमन जस्ता कोरियामा रहेका मुख्य संस्थाहरुको सहकार्य रहने अनलाईन मिडियाका अध्यक्ष किशोर ब्लोन नियोगले बताए । उनले थपे नेपाल राजदुतावास दक्षिण कोरिया, एनआरएन कोरिया तथा पत्रकार महासंघ दक्षिण कोरियाको समेत समन्वय रहेको उक्त कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न हुने जनाएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन प्रचारप्रसार विभाग प्रमुख रन्जन कुँवरले अनुरोध गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video