तामाङ संघले प्रवासमा म्हेनिङको अवसरमा कार्यक्रम आयोजना


दक्षिण कोरिया / शौल/
तामाङ संघ दक्षिण कोरियाले प्रवासमा पहिलो पटक म्हेनिङको अवसरमा बृहत कार्यक्रमको आयोजना गरेको छ । तामाङ समुदायको यो पर्व मौलिक पर्वको रुपमा मानिदै आएको हो । लोप हुन लागेको पर्वलाई प्रवर्धन गर्न संघ लागी परेको आयोजकले जनाए । प्राचीन काल देखि मनाईदै आईरहेको पर्व ताम्सालिङ क्षेत्र, ३ नम्बर प्रदेश अन्तर्गत तामाङ समुदाय द्वारा यो पर्व धुमधामका साथ मनाईन्छ ।
सउलमा एक शुभकामना तथा बृहत छलफल कार्यक्रमको आयोजना गर्दै उक्त म्हेनिङलाई भव्यताका साथ मनाउने संघका अध्यक्ष मेघ प्रसाद वाईवाले बताए । उनले यो पर्व महत्वपुर्ण पर्व भएकाले सबै तामाङ दाजुभाई दिदी बहिनीहरुलाई उपस्थितीको लागी आह्वान गरेको हो ।
आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको निवर्तमान अध्यक्ष तथा तामाङ संघको सल्लाहकार समेत रहेका चित्र मोक्तानले “म्हेनिङ भनेको सृङ्खलाबद्ध पुर्खा र महिना वा प्रकृति संग सम्बन्ध छ । झरी बादल पहिरो र विभिन्न रोग व्याधिबाट बचेको र बचाएको अबसरमा प्रकृति र पुर्खाहरुलाइ सम्झदै धन्यबाद दिएर मनाउने चाड हो म्हेनिङ । यो चाही हाम्रो तामाङ भाषामा गणना अनुसार असोज महिना र कार्तिक महिनाको बिचतिर पर्दछ । जुन महिनालाइ म्हेनिङ भनिन्छ ।” भनेर प्रष्ट पारेको छ । मोक्तानले थप्दै भने अन्नबाली लगाउने क्रममा नम्दुङ ल को बेला सेरकेम गरेका हुन्छन् । अन्नबाली लगाउने र खनजोत गर्ने क्रममा हुनसक्ने गल्तीको लागि क्षमा गर्ने, भूमि सुद्ध पार्ने र ह्युल्जे (भूमेपूजा)को लागि आश्वासन दिएका हुन्छन् । सोही अनुरूप दुगु ङ्ह्यमा ह्युल्जे गरेर अन्नबाली सफल बनाइदिन स्थानीय झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतसँग आह्वान गरेका हुन्छन् । त्यसैले अन्नबाली सफल हुनुलाई झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतको विशेष भूमिका रहेको विश्वास गर्दछन् । त्यही भएकोले म्हेनिङमा ती सबै झ्योहो, झ्योमो, नेदा र सिप्दा लगायतप्रति कृतज्ञता ज्ञापन गर्दछन् । म्हेमेदङको वाचन गर्दछन् । सोही शिलशिलामा ब्रङ्गी निर्माण गरेर गुरुचनलाई अंशभाग बुझाउने प्रचलन रहेको छ । त्यसरी गुरुचन लगायतका सम्पूर्ण खेप्पा (पितृ)हरूलाई समेत पूजा गरिने हुनाले नै त्यसलाई `खेप्पास्हुङ’ भनिएका हुन् । यसप्रकार खेप्पास्हुङ भनेको गुरुचनलाई अंशभाग बुझाउने पूजा हो । अन्नबाली र घरको सदस्य साथै पशुपङ्क्षीको सुरक्षा गरिदिएबापत् झयोहो झ्योमो, पितृहरू साथै नेदा र सिप्दासमेतलाई कृतज्ञता (धन्यवाद) ज्ञापन गर्ने संस्कृति हो । म्हेनिङ पर्व ।
कार्यक्रम २०१९ अक्टूबर १२ तारिख सउलको निक नेपाल हलमा तय भएको छ । भने बेलुकी ठिक ८:०० आठ बजेको समय तोकिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video