कमरेडलाई तनाव छ ! (कविता-महावीर विश्वकर्मा)


कमरेडलाई रातो रंग खुव मन पर्छ ।
रातो भनेको क्रान्ति ,
रातो भनेको विद्रोह ।

उ वेला शिरमा रातै फेटा बॉधेर लडेका हुन्छन योद्धा,
उ बेला रातै किल्ला घोषणा गरेर चलाएका हुन जनसरकार,
रातै झण्डा बोकाएर बगाएका हुन रातै रगत ।
तर अहिले
कमरेडको रातो स्कोर्पियोमा रातै नम्बर प्लेट छ ।
रातै टाई छेउको गोजीमा रातै कलम छ ।

उ बेला
मन परेको किताव
एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यको उत्पती ।
तर अहिले
लाल पुर्जा असाध्यै मन पर्छ ।
सुर्य रेडको विन्दास चर्को,
युवतीको ओठको रातो लिपिस्टिक,
आईएनजिओले ओछ्याएको रेड कार्पोट,
ठेकेदारले टक्र्याएको रेड लेवल,
सोनागाछीको रेड साईट एरिया ,
सबै सबै असाध्यै मन पर्छ कमरेडलाई ।
किनकी कमरेडलाई रातो रंग खुबै मन पर्छ ।
रातो भनेको क्रान्ति
रातो भनेको विद्रोह !!

केही दिन भयो अचेल
कमरेडलाई तनाव छ ।
यो फेसबुकको रंग किन रातो छैन ?
छोराले अमेरिकाबाट पठाएको आईप्याड किन रातो छैन ?
बैंकले छपाएको चेक बुक किन रातो छैन ?
शेयर बजारको नेप्से परिसुचक बढ्दा किन रातो देखिदैन ?
हो !
तनाव छ कमरेडलाई !
किनकी कमरेडलाई रातो रंग असाध्यै मन पर्छ ।
रातो भनेको क्रान्ति,
रातो भनेको विद्रोह !!

(कवि महावीर विश्वकर्मा )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video