NRNA अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा


दक्षिण कोरिया/ शौल /
गैर आवासीय नेपाली संघका नौं औं Global Conference अक्टूबर १५-१७ तारिख काठमाडौंमा हुदैछ । अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा यसरी हेर्ने सकिन्छ ।
आफ्नो संयन्त्र मार्फत कृषि, पर्यटन, जलस्रोत, सीपयुक्त जनशक्ति उत्पादनलगायत क्षेत्रमा गैरआवासीय नेपाली संघले राज्यलाई सघाउन सक्छ ।
यस वर्षदेखि गैरआवासीय नेपाली अभियान १६ वर्षे लक्का जवान भएको छ । एउटा व्यक्तिको जीवनमा १६ वर्षको समय जति महŒवपूर्ण छ, संस्थाको जीवनमा अझ धेरै महत्वको हुने नै भयो । किनभने, संस्थाको १६ वर्ष भनेको यसमा आबद्ध हरेक सदस्यको १६ वर्ष हो । ती सबैको भावना, त्याग, तपस्या र आवेग–संवेगको पल–प्रतिपलको अन्तक्र्रियाले संस्था निकै माझिएको हुन्छ । संस्थाका मूल्य, मान्यता र गतिविधि खारिएका हुन्छन् ।
गैरआवासीय नेपाली संघले पनि यसबीच आफ्नो स्पष्ट पहिचान मात्र निर्माण गरिसकेको छैन, गन्तव्य पनि निर्धारण भइसकेको छ । र, अब १६ वर्षको यो ऊर्जावान् घडीमा उसलाई निकै हतार भइसकेको छ, त्यस गन्तव्यमा पुग्न, एउटा म्याराथन दौडमा होमिने सुर कसेको खेलाडीजस्तै ।
दौडने क्रममा उसले सक्दो धेरै ठूलो समुदायलाई समेट्नुपर्नेछ । विविध आकांक्षा र आवश्यकतालाई सम्बोधन गनुपर्नेछ । संसारका ८३ मुलुकमा फैलिएका पखेटालाई अझै धेरै मुलुकमा फिँजाउनुपर्नेछ । नेपाली भाषा, संस्कृति र वेशभूषाबाट टाढिँदै गएको नयाँ पुस्तालाई समेत नेपालीपनको अँगालोमा समेट्नुपरेको छ ।
अग्रजहरूले निकै दुःख गरी जन्माएर हुर्काएको यो संस्थाको आयुलाई सुदीर्घ बनाउन र यसको जीवनलाई अझ धेरै सार्थक तुल्याउन नयाँ–नयाँ पिँढीलाई आबद्ध गराउँदै लैजानु छ । विभिन्न उद्देश्य, अवस्था र बाध्यताले बिदेसिएका हरेक नेपाली तथा तिनका सन्तान दरसन्तानले यो संस्थालाई आफ्नो ठान्ने अवस्था निर्माण गर्नु छ । र, जे–जति सकिन्छ, आफ्नो क्षेत्रबाट स्वदेशको समृद्धि र सान बढाउन योगदान गर्नु छ ।
यो संस्था स्थापना हुँदा मुख्यतः तीन उद्देश्य थिए । एक, देशबाहिर रहेको शक्तिलाई एकीकृत गर्दै आफ्नो भाषा–संस्कृतिको संवद्र्धन । दुई, आपतमा परेका जोकोही नेपाली दिदी–बहिनी, दाजुभाइलाई मिलेर मद्दत पु-याउने । तीन, स्वदेशका निम्ति सकेको योगदान गर्ने । भलै, यी उद्देश्य समयक्रममा केही विस्तारित भएका हुन सक्छन् । उद्देश्य हासिल गर्ने साधन र रणनीति केही परिमार्जन भएका हुन सक्छन् । तर, यी आधारभूत उद्देश्यमा यो संगठन र नेतृत्व आज पनि उत्तिकै प्रतिबद्ध छ । भोलि पनि हुनेछ र हुनुपर्नेछ ।
हो, यसबीच विभिन्न तह र तप्काबाट केही जिज्ञासा अवश्य उठेका छन् । तिनको तर्कपूर्ण शमन र व्यावहारिक सम्बोधन पनि गर्नु छ । जस्तो कि खाडीमा कठोर परिश्रम गर्ने नेपालीले यो संगठनप्रतिको अपनत्व कसरी बोध गर्ने भन्ने जिज्ञासा छ । त्यस्तै, विदेशमै जन्मेहुर्केको पुस्ताले यसलाई कसरी आफ्नो ठान्ने भन्ने सवाल छ । अझ, विदेशमा अन्य राष्ट्रियतासँग पारिवारिक सम्बन्ध गाँसिएको नेपालीको मुटुमा नेपाली धड्कनको सञ्चार कसरी गराइरहन सकिन्छ भन्ने प्रश्न पनि छ ।
नेपाली डायास्पोराको आधा आकाश ओगट्ने अनि मन र मुटुमा नेपाल बोकेर हिँड्ने आमा, दिदी–बहिनीलाई यस संस्थाको छातामुनि कसरी गोलबन्द गराउने मात्र होइन, सार्थक नेतृत्वसमेत गर्न सक्ने अवस्थाको सुनिश्चितता कसरी गर्ने भन्नेसम्मका सवाल आज यो संस्थासामु विद्यमान छन् ।
यिनै जिज्ञासाको उत्तर खोज्ने प्रयास हो, भिजन २०२० एन्ड बियोन्ड । यो पंक्तिकार महासचिव र उपाध्यक्षका रूपमा काम गर्दाका अध्यक्ष डा. शेष घलेले निकै मिहिनेतसाथ अगाडि ल्याएको यो अवधारणा कार्यान्वयन गर्न सकियो भने संस्थाले आज सामना गरिरहेका यक्ष प्रश्नको समाधान सम्भव हुनेछन् । संस्थाको दिगोपना, संगठनको सुदृढीकरण, सञ्जालको व्यापकता र सबै तह, तप्का र क्षेत्रको समावेशीकरण यसका प्रमुख उद्देश्य हुन् ।
यो अवधारणा अगाडि ल्याउँदा विगतको डेढ दशकलाई पछाडि फर्केर समीक्षा गर्ने प्रयत्न गरिएको छ । संघभित्र आउनुपर्ने परिवर्तन र हुनुपर्ने पुनः संरचना यसको मूल विषय हो । हामी अरूलाई सुध्रिएन, समयानुकूल पुनः उसंरचना भएन वा गरेन भनेर टिप्पणीसमेत गर्छौं, तर हामी आफैँभित्र सुधार र परिमार्जनका प्रयत्न कति गर्यौं भन्ने प्रश्नको उत्तरसमेत हो, भिजन २०२० ।
गैरआवासीय नेपाली अभियान सुरु हुँदा विदेशमा नेपाली समुदायको ठूलो उपस्थिति थिएन । वैदेशिक रोजगारीको अवधारणा आजको स्वरूपमा आइसकेको थिएन । केही व्यवसायउन्मुख अग्रजले यसको परिकल्पना गर्नुभयो । कतार र मलेसिया जाने बाटो खुलेपछि यसको क्षेत्र फराकिलो भयो । आज विदेशमा झन्डै ८० लाख नेपालीको उपस्थिति भएपछि करिब २०–३० लाखलाई प्रत्यक्ष–परोक्ष रूपमा यसले जोड्न सक्ने भयो ।

यति ठूलो सञ्जालभित्र विभिन्न खालका रुचि बढेर जानु पनि अस्वाभाविक भएन । त्यही कारण यस संस्थालाई कुन रूपमा अगाडि बढाउने, कुन खालका योजना र कार्यक्रम अंगीकार गर्ने, अनि केकति कुराबाट सतर्क रहने भन्ने विषय पनि बहसमा आएका हुन् । बहसका क्रममा विभिन्न कोणबाट प्रश्न, जिज्ञासा र तर्कहरू अगाडि आउनु पनि स्वाभाविक नै हो ।
विदेशमा नेपालीको उपस्थिति मात्र बढेको छैन, उपस्थितिका प्रकार पनि बहुआयामिक भएका छन् । पुस्ताहरू फरक–फरक तरिकाले निर्माण भएका छन् । कोही पढ्नका निम्ति बिदेसियौँ, यतै व्यवसाय सञ्चालन ग-यौँ । कोही पेसा व्यवसायकै सिलसिलामा विदेश पस्यौँ । कसैलाई आफन्तले तान्यौँ । कोही भने विदेशमै जन्मियौँ, हुर्कियौँ । विदेशमा अरू नै मूल राष्ट्रियता भएका परिवारसँग विवाह बन्धनमा बाँधियौँ, परिवार बसायौँ र अर्को नयाँ स्वरूपको पुस्ता निर्माण ग-यौँ ।
अध्ययन, व्यवसाय, दक्षता, आर्थिक–बौद्धिक अवस्था आदिका हिसाबले पनि नेपाली डायास्पोरा बहुविध प्रकारको बनेको छ । यो नेपालका लागि अर्को महŒवपूर्ण स्रोत र सम्पत्ति बन्न सक्छ । विदेशको नेपाली समुदाय बिस्तारै उद्यमउन्मुख भएको छ । धेरै देशका ठूला कर्पोरेट संस्थाका उच्च पदमा नेपाली पुगेका छन् । उच्च दक्षतायुक्त काम नेपालीले सम्हालेका छन् । ठूला व्यावसायिक सञ्जाल विस्तार गर्न सकेका छन् ।

खाडीको चर्को घाममा पसिना बगाउने दाजुभाइ, दिदीबहिनीले त झन् मरुभूमिमा सुन फलाउन सिक्नुभएको छ । हाम्रो यो सीप, दक्षता र अनुभवलाई समेत पुँजीकृत गरी कसरी राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुराको समेत जवाफ भिजन २०२० ले दिएको छ ।
बढ्दो आर्थिक हैसियतसँगै धेरै गैरआवासीय नेपाली र ती आबद्ध संस्थाहरू नेपालमा सामाजिक विकासका निम्ति उल्लेख्य आर्थिक–भौतिक सहयोग जुटाउन र योगदान गर्न सक्ने भएका छन् । ती व्यक्ति र संस्थाले कल्याणकारी काममा खर्च गरेको रकमबापत कर मिनाहा वा फिर्ता पाउने कतिपय विकसित मुलुकको कानुन छ । त्यसैले सम्भव भएका हरेक देशमा एउटा कल्याणकारी प्रतिष्ठान (च्यारिटी फाउन्डेसन) स्थापना गरी त्यसमार्फत परोपकारी कामलाई अघि बढाउन सकिन्छ ।
त्यस्तै, ज्ञान, सीप, प्रविधि र दक्षता भएका नेपालीको सूची तयार गरी कसले कुन क्षेत्रमा योगदान गर्न सक्छ भन्नेसमेत उल्लेख गरी ‘ज्ञान बैंक’ स्थापना गर्ने भिजन २०२० को अर्को उद्देश्य छ । गत वर्ष सम्पन्न ज्ञान, सीप सम्मेलन यसैअन्तर्गतको एउटा पहल थियो । त्यस सम्मेलनका निष्कर्षलाई कार्यान्वयन गर्दै आगामी दिनमा निरन्तरता दिन र यस्तै अरू पनि नवीन पहल अघि बढाउन भिजन २०२० ले मार्गदर्शन गरेको छ ।
एउटा नीति प्रतिष्ठान स्थापना संघकै मातहत गर्ने परिकल्पना पनि भिजन २०२० ले गरेको छ । त्यसले नेपाल सरकार र नेपालका प्राज्ञिक संघसंस्थासँग पनि सहकार्य गर्नेछ । मुलुकलाई आवश्यक नीतिगत सुझाब दिँदै तिनको कार्यान्वयनमा समेत सघाउने यसको अर्को उद्देश्य हो । विश्वका धेरै मुलुकमा राज्यका विभिन्न निकाय, निजी तथा गैरसरकारी क्षेत्रका नीति निर्माणको तहमा काम गर्दाको अनुभव नेपालीसँग छ ।
आफ्नै मुलुकको उन्नतिका निम्ति तिनले आफ्नो शक्ति र बुद्धि नलगाउने भन्ने कुरै भएन । त्यसकारण एउटा भरपर्दो संयन्त्रमार्फत त्यो बौद्धिक शक्तिलाई परिचालन गर्न सकिने विश्वास छ । यिनै संयन्त्रमार्फत् कृषि, पर्यटन, जलस्रोत, सीपयुक्त जनशक्ति उत्पादनलगायत क्षेत्रमा पनि गैरआवासीय नेपाली संघले नतिजामुखी काम गर्न राज्यलाई सघाउन सक्नेछ ।
८० लाख नेपाली विदेशमा छन् भने तीमध्ये पक्कै ४० लाख महिला हुन् । ती सबैलाई संघमा आबद्ध हुन प्रेरित गर्ने र महिलाले नै नेतृत्व गर्ने अवस्था सुनिश्चितताका लागि समेत भिजन २०२० ले निश्चित रणनीति पहिल्याएको छ । यसैगरी हरेक नयाँ–नयाँ पुस्तालाई यो मेरो संगठन हो भन्ने भावनासाथ स्वस्फूर्त रूपमा आबद्ध हुन अभिप्रेरित गर्नका निम्ति विभिन्न पहल गर्नुपर्ने र गर्न सकिने विश्वाससाथ यो अवधारणा अघि सारिएको हो ।
१६ वर्ष एउटा आदर्श उमेर पनि हो । आफूले ठीक ठानेको मात्र ठीक, अरू बेठीक भन्न सक्ने उमेर पनि हो यो । छिटोछिटो भावना परिवर्तन भइरहने समय पनि हो । यो उमेरको सबैभन्दा ठूलो विशेषता असीमित ऊर्जा र कल्पनाशीलता हो । यो ऊर्जावान् समयलाई सीमित विवेक र अनुभवले वशमा राख्न मुस्किल हुन सक्छ । त्यही कारण अग्रजका सुझाब र मार्गदर्शनलाई पनि आत्मसात् गर्नुपर्छ । यसका लागि अग्रजहरूको छुट्टै मञ्च हुनेछ, जसले नेतृत्वलाई परिपक्व सुझाबका साथ निरन्तर पृष्ठपोषण गरिरहनेछ । त्यो पृष्ठपोषणले ऊर्जा‘वान्’ संघलाई ऊर्जा‘शील’ बनाउनेछ । र, असीमित कल्पनाशीलतालाई सार्थक सिर्जनशीलतामा परिणत गर्नेछ ।
संघको १६ वर्षे उमेरमा यस पंक्तिकारका पनि करिब डेढ दशक सँगै बितेका छन् । अर्थात्, संघसँगै हुर्किने अवसर पाउनु विशेष अवसर पनि हो । आफ्नै जीवनवृत्तिको ठेगान नभइसकेको २६–२७ वर्षको उमेरमा संघमा सक्रिय भएको हिजैजस्तो लाग्छ । विनाकुनै आग्रह र अपेक्षाका साथ अन्धो भएर एउटा संस्थामा लागिपर्दाको अनुभवले पनि भन्छ, संघ स्थापनाका आधारभूत मूल्य–मान्यतामा कत्ति पनि सम्झौता नगरी भिजन–२०२० को अवधारणाको सफल कार्यान्वयन आवश्यक छ । यसको कार्यान्वयनपछि संघ अर्को नयाँ अध्यायमा प्रवेश गर्नेछ । त्यतिखेर हाम्रा अग्रजले अझ बढी सम्मानित भएको महसुस गर्नुहुनेछ । भावी पुस्ताले पनि गर्वसाथ यो संस्थालाई शिरमा बोकेर अर्को नयाँ उचाइमा पु-याउन स्वस्फूर्त लागिपर्नेछ ।
(पन्त गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्याशी कुमार हुन । उनी वर्तमान उपाध्यक्ष समेत रहेको छ )

(नयॉ पत्रिकाबाट साभार)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video