परिचय पत्र


परिचय पत्र

मलाई परिचय पत्र दिनु
म काम गर्न चाहन्छु
भोक बिसाउन चाहन्छु
निषेधाज्ञा पालना गरेर ।
मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन
मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि लगाउनु पर्छ
कुनै दुर्घटनामा परे पनि सुरक्षित रहनका लागि ।
ठ्याक्कै, निषेधाज्ञा पनि अरूको लागि होइन
मेरै लागि हो
हाम्रै लागि हो
म मन देखि ग्रहण गर्छु
र अरूलाई भन्छु पनि ,
कोरोना भ्रम होइन वास्तविकता हो
मलाई पुरै थाहा छ
रोग भन्दा भोक ठूलो हो
यो सत्य पनि थाहा छ
तसर्थ प्रविधिले थाहा लाउने रोग भन्दा
मेरो मनले पलपलमा थाहा पाउने भोक
कति भयङ्कर लाग्छ मलाई
जसको लागि मैले निरन्तर लढिरहेको छु
अहोरात्र घाेटिरहेछु अविराम आफुलाई ।
हो, महोदय
मेरो नामको केही छैन भोक मेटाउने चोक्टा
त्यसैले फकिर छ मेरो पाखुरा र सीप
अब म नैतिकवान भएर गर्नु छ त्यो काम
मेरो पाखुरा र सीप अनुसार
मेरो इमान्दारीता धितो राखेर
मलाई परिचयपत्र दिनु
म चोक्टा फोर्न चाहन्छु
म पित्को भए पनि चोर्न चाहन्छु
मेरो भोक मेटाउन लागि ।
हामी मगजको लागि पनि सुरक्षा नसोच्ने मान्छे
मुटुको लागि निःशुल्क अक्सिजन नसाँच्ने मान्छे
तर मुहारलाई कति स्याहार गर्छौं
क्षणिकको लागि भएपनि अस्तित्व झल्काउन
हामीले त्यही हातलाई बिर्सि दिएका हुन्छौं
जसले मुहार सफा गरिरहेको हुन्छ
जीउ भरीको छाला छोडेर
त्यही गालाका लागि घण्टौं समय खर्चि रहेका हुन्छौं
बिरोकतोक लगानी गरिरहेका हुन्छौं
एकपटक होइन
हजारौं पटक मुर्खता पोख्दै
मुस्कुराई रहेका हुन्छौं ऐनामा ।
हो, अब फाल्तु कुरा र काममा अल्मलिएर
वा रोगसँग डराएर
बन्द कोठामा आत्मसमर्पण गर्न
किमार्थ तयार छैन जिउँदै मार्न
रोगको आक्रमण छल्दा पनि
भोकको आक्रमण छल्न असमर्थ छु
तिमीले कोरेको बक्ष भित्र
मेरा भन्टाङ भुन्टुङ दाबिलिएको पेट लिएर
भोक लाग्यो भन्दै मेरो कपडाको फेरोमा झुण्डिरहेका बेला
मैले तिमी विरुद्ध बेहिसाब मुर्दावाद भनें मनमनै
मेरो आक्रोश पोख्ने शैली नसिकोस् भनेर ।
जीवनको उत्तरार्धमा मेरो भरणपोषममा ढुकढुकी चलाउँदै
दबेको आवाजमा भोजन माग गर्दै बसेको धर्ना अगाडि
तिमी जस्तो शासकी मन लिएर
कसरी मौन बस्न सक्छु
बरु चुपचाप चोर्न हिड्छु
किनकि मलाई माग्न फुर्सद छैन
समय अभाव छ
यो अन्तिम शक्ति लाएर
मैले हवेली फोर्नै पर्छ
मैले भकारी चोर्नै पर्छ
बस् मलाई त्यही अभाव खड्किएको छ महोदय
कृपया विलम्ब नगरिदिनुहोला
मलाई परिचय पत्र दिनुस्
नत्र म लुटको स्वर्ग भत्काउन
रातो लुटेरा बनेर खुल्लमखुल्ला धावा बोल्ने छु
परिचयपत्र बेगर
र वितरण गर्नेछु
श्रम बेच्ने परिचय पत्र
भ्रम चिर्ने परिचय पत्र
भोक मेट्ने परिचय पत्र
रोग जित्ने परिचय पत्र ।

कवि: ओम बहादुर ग्लान (वालाचन)
(उहाँ बागमती प्रदेश सांसद हुन्)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • कोरोना जितेपछि पत्रकार कुमारीको सन्देश
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video