ऊ किन आएन ?- कवि पासाङ तामाङ


ऊ किन आएन ?

म नेपाल आमा …
हातकाे पाली लगाएर
हेरिरहेछु टुलुटुलु
उ आउने बाटाेतिर…..

बिहान हुन्छ, म उसकै बाटो हेर्छु
घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु
हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै आत्तिसकें
नाघेर पर पुगिसकेछु पर्खाइका सिमाहरु

सगरमाथा हिजाेमात्र साेद्धै थियाे –
उ कहिले आउँछ भनी
गण्डकी पनि खाेज्दै थिई ,
उ कहिले ल्याउँछ भनी
त्यति मात्रै कहाँ हाे र…
मेराे लुम्बिनी, मेराे कर्णाली,
तराईका बेंसी फाँटहरु
अनि पहाडका देउराली भन्ज्याङ्ग
हर रात सपनीमा, उसकै नाम लिन्छन् अरे
डाँफे, मुनाल र लालीगुराँस
उ आउने दिन गन्छन् अरे

यहाँ मेराे कलेजाे कुटुकुटु खाईरहेछ
घुनले मकै खाए जस्तै…
पाठाेलाई झै लखेटिरहेछ मलाई,
ब्वाँसाेरूपी मेरा छाेराहरु
ती तिखा नङ्ग्राहरुले
मेराे काेमल शरीर छियाछिया काेपरिरहेछ,
उसकाे वियाेगकाे वेदनामा रुदा,
मेराे आसुकाे रारा बनिरहेछ ।
मेराे घाउ अनि चाेटहरुबाट
रगतकाे सप्तकाेशी बगिरहेछ ।।

तर ढलेकाे छैन अझै आशाका ती पर्खालहरु,
जलेकाे छैन अझै भराेसाकाे डाेरीहरु
म विश्वस्त छु ,
आउने छ उ एक दिन
अध्याराे निल्ने सुन्दर विहानी बनेर
तर अफसाेच-
कति ताराहरु उदाए, झरे
कति विहानी आए, गए
साँची, उ किन आएन ?

कवि: पासाङ तामाङ
मकवानपुर

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • कोरोना जितेपछि पत्रकार कुमारीको सन्देश
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video