आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”


निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले मलाई त्यहाँ जाँदा केही दुःख लागेको थिएन ।

कोरोना लागेका म जस्तै धेरै संक्रमित त्यहाँ नाचगान गरेर दिन कटाउने गर्दा रहेछन् । धेरै साथीसँग चिनजान भयो । सबै एकअर्कालाई हौसला दिने, रमाइलो गर्ने दिदी र दाइ थिए । केही त हजुरबा र हजुरआमा पनि थिए । आइसोलेसनमा खानेबस्ने व्यबस्था राम्रो लाग्यो । दिनमा खाना र खाजा गरेर ४ पटक खान दिने गरिएको थियो ।

त्यहाँ विभिन्न संस्था सहयोग गर्न आउँथे । दिनमा तीन पटक अण्डा, हप्तामा २ पटक मासु र दूध २ पटक र फलफुल दिइने हुँदा त्यहाँको खानपिनले पनि बिरामीलाई चाँडै फूर्तिलो र स्वस्थ्य बनाएको महसुस हुन्थ्यो । आइसोलेनबाट ९० वर्ष पार गरेका हजुरबा र हजुरआमाले समेत कोरोना जितेर हाँसीखुशी आफ्नो घर फर्कनुभयो । म त्यहाँ बस्दा नियमित औषधीसेवन गर्ने र तातोपानी नियमित पिएँ । रमाइलो गरेर दिन कटाउन थालें । त्यहाँका संक्रमितको अनुभव सुन्ने मौका पाएँ ।

कोरोना संक्रमितलाई समाजमा विभिन्न आरोप लगाउने गरेको पीडा पनि सुनें । उनीहरु घरवरपर हिँड्ने समेत नगरेको बताए । छिमेकीले सराप्ने र थुक्ने गरेर अवहेलना गर्ने गरेको सक्रमितले पीडा सुनाए । मैले पनि कोरोनालाई ९ दिनमा जित्न सफल भएँ। आइसोलेसनमा बसेको ९ दिनमा मैले कोरोलाई जितेर घर फर्कें ।

कोरोना लागेपछि मरिन्छ भन्ने डर लिने गरेको र कोरोना लागेका व्यक्तिलाई हेर्न पनि डराउने गरेको थाहा भयो । कोरोना एउटा भाइरस हो । यसलाई साबधानी अपनाए चाँडै निको भइन्छ । मनोवल उच्च बनाए कोरोनालाई जित्न सकिन्छ भन्ने मनोबल मभित्र जागृत भएको छ । कोरोना लागेको जोकोही मानिसलाई घृणा गर्नुहुँदैन । माया, हौसला दिनुपर्छ । यो विषम् परिस्थितिमा सबै एकजुट भएर कोरोनालाई परास्त गर्न सकिन्छ र गर्नुपर्छ । भाइरसले नेपाली समाजभित्र लुकेर बसेको कुरुप मनोविज्ञान प्रदर्शन समेत गर्यो ।

कोरोनाको अनुभव:

म हेटौंडाको स्थानीय पत्रिकामा काम गर्ने भएको हुँदा समाचार संकलनका लागि विभिन्न स्थानमा जानुपर्ने हुन्छ । म र मेरी एउटी पत्रकार साथी सँगै समाचार संकलनका लागि जाने गरेका थियौं । एक दिन साथीलाई हन्हनी ज्वरो र खोकी आयो । उनले मलाई यस्तो भयो अस्पताल जाउँन भनेपछि गयौं । त्यहाँ पहिला पीसीआर गराएर आउन भनेपछि पीसीआर गर्न श्रमिक मावि गयौं । दुई दिनमा उनको रिपोर्ट आयो नेगेटिभ भनेर । त्यसपछि हामी खुशी भएर फेरि फिल्डमा हिँड्न थाल्यौं । फिल्डमा हिँड्दै गर्दा मलाई पनि ज्वरो र खोकी भइरहेको थियो । खान मन नलाग्ने, वाक्वाकी लाग्ने र एलर्जी हुने भइरहेको थियो । मेरी साथीको रिपोर्ट आएको भोलिपल्ट फेरि पीसीआरका लागि आउन भनियो ।

हामी पीसीआरका लागि गयौं । भोलिपल्ट उनको पोजेटिभ भनेर रिपोर्ट आयो । रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा लैजाने कुरा भयो । मलाई पनि सञ्चो नहुने भइरहेको थियो, खानाको स्वाद नभएकोले कचौरामा थोरै खान खाँदै बसेकी थिइन् । परिवारबाट अलग बसेकी थिइन् । मेरो पनि पीसीआर गरें । पीसीआर गरेर रिपोर्ट नआएसम्म अलग्गै बसेकी थिएँ । मेरो पनि रिपोर्ट पोजेटिभ आयो ।

समाजमा हेर्ने नजर:

मेरो रिपोर्ट पोजेटिभ आएपछि घरमै बस्ने तयारी हुँदै थियो । तर, मलाई पोजेटिभ भएको छिमेकीले थाहा पाइसकेका रहेछन् । बाइकमा गाउँका मान्छेहरु आएर ‘यो फलानोलाई कोरोना भएको र किन आइसोलेसनमा नगएको’ भन्दै कुरा गर्न थालेपछि घरमा बस्ने वातावरण मिलेन । त्यतिखेर मलाई मैले धेरै ठूलो पाप गरेजस्तो तीतो अनुभव भयो ।

त्यसपछि वडाध्यक्षलाई फोन गरेर एम्बुलेन्सको व्यबस्था गर्न आग्रह गरें । त्यति खेरसम्म गाउँभर हल्ला भइसकेछ । एम्बुलेन्सलाई मैले घरभन्दा तल नै बस्न आग्रह गरें । र, म सामान बोकेर आइसोलेसन जाँदै गर्दा बाटोभर मानिसहरु लाइन लागेर हेरिहेका थिए । छिमेकीले अनेक खालका कुरा काट्न थालेको सुनियो । बाहिर मेरा परिवारको कुरा काट्ने, घाँस काट्न जाँदासमेत खिसिट्युरी गर्ने गरेका थिए । मेरो घरनजिक मान्छे आउँदा कुरा काट्ने काम चलिरह्यो । ग्यास दिन पसल जाँदासमेत गाउँका मान्छेले नानाथरि कुरा गरेको पीडा सहन नसकेर आमा रुनुभयो । पसलमा जानसमेत नदिने र तरकारी किन्न पसलमा नआऊ भन्नेसमेत गरे । मैले गाउँमा देखेका मान्छेहरु पनि पीसीआर गराउनुपर्छ भनेर वडाध्यक्षलाई दबाब दिनेसम्म काम गरे । मानौं, कोरोना लागेपछि मानिस बाँच्दैन जस्तो । कोरोनाबाट सक्रमित र उनका परिवारलाई छिमेकीले हतोत्साही गर्ने गरेका छन् । माया र उत्साह दिनुपर्नेमा घृणा गर्ने र हतोत्साही बनाउने गरियो ।

सहयोगी छिमेकी:

विभिन्न खालका आरोप लगाएर बसेका समाजमा साथ र सहयोग गर्ने मेरा आफन्त थिए । समाजका केही अग्रज मेरो घरमा जाने र घरको अबस्था बुझ्ने र हौसला दिने मान्छे देखिए । यति ठूलो समाजमा त्यही पनि २÷३ जना आफन्तले सहयोग गर्नुभएको पनि थियो । मलाई फोन गरेर चिन्ता नलेऊ भन्नेहरु पनि थिए । ‘तिमी राम्रो भएर आउनू’ भनेर आफन्तको हौसला र साथले मलाई अरुले जेजसो भने गरे पनि चिन्ता लिन छाडेर बसें । रोगलाई जितेर आए“ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • कोरोना जितेपछि पत्रकार कुमारीको सन्देश
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video