गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल


दक्षिण कोरिया/सिउल/
विगत केही दिनयता दक्षिण कोरियामा सामाजिक संजाल प्रयोग गरि कुनै समुदायप्रति लक्षित “भोटे” शब्द प्रयोग गरी तथानाम गाली गलौज, अपमानित तवरले उत्रिएको सन्दर्भमा “गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न” अपिल गरेको छ ‌। उक्त अपिल नेपाल दुतावास सिउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गरि सबैमा अनुरोध गरेको हो ‌‌।

नेपाली राजदूतावास सिओलको सार्बजनिक अपिलमा केही दिन यता गणतन्त्र कोरियामा बसोबास गर्ने केही नेपालीहरुले एक आपसमा समाजिक संजाल मार्फत भाषिक , धार्मिक , सांस्कृतिक र साम्प्रदायिक द्वेष फैलाउने र सोही प्रसंगमा दुई देश बीचका नागरिकलाई समेत मुछेर , भाईचारामा आँच ल्याउने , अपमानित गर्ने , होच्याउने र समग्रमा एक अर्को बीच तनाव र द्वन्द्व पैदा गर्ने खालका टिकाटिप्पणी ,अभिव्यक्ति र आरोप प्रत्यारोपमा उतरिएको बारेमा राजदूतावासमा जानकारी प्राप्त भएकोले विज्ञप्ति प्रकाशित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्रियाकलापमा लागेकाहरुलाई संयमित हुन र जातीयरुपमा मानमर्दन गराउने नियतले कुनै किसिमको अपशब्द प्रयोग नगर्न र लेखी सकेका पोस्टहरुलाई डिलिट गरी उच्च मानवीय मूल्य मान्यता प्रदर्शन गर्न नेपाली राजदूतावास सिओल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आग्रह गरेको हो ।
नेपालीमूलका जातीय संकुचन सोच भएका केही व्यक्तिहरुले कोरियन नागरिकहरुलाई समेत भोटे शब्द प्रयोग गर्ने र उस्तै अनुहार मिलेकै भरमा अरु नेपालीहरुलाई भोटे शब्द प्रयोग गरी होच्याउने प्रवृत्ति बढेको थियो । “नेपालमा भोटे जातिको समुदाय करिब ९० हजारको हाराहारीमा रहेको र भोटे शब्द ति समुदायको व्यक्तिहरुमा मात्र प्रयोग भएको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगल तेन्डुप शेर्पाले बताए ! वर्ण र जातीय विभेद गरी अपशब्द प्रयोग गर्नु सामाजिक अपराध हो उनले थपे ! ”

जारि गरिएको विज्ञप्तिहरु:-

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • कोरोना जितेपछि पत्रकार कुमारीको सन्देश
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video