कोरोना जितेपछि पत्रकार कुमारीको सन्देश


कुमारी स्याङ्बो / पत्रकार
म कोरोना भाइरस (कोभिड १९) संक्रमित कुमारी स्याङ्बो । कोरोना भाइरसको संक्रमण लगत्तै मलाई साउन ३१ गते आइसोलेसन वार्डमा लगियो । त्यहाँ भदौ १५ गतेसम्म बसे । १५ गते कोरोनालाई जितेर आफनो घरमा फर्के । कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न र आत्मबल बलियो बनाएर रोगको बिरुद्ध लड्न सबै सबैमा हार्दिक अपिल गर्दछु । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको तथ्यांक हेर्ने हो भने अहिले अधिकांश देशमा फैलिसकेका छन् । उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना संक्रमणका कारण ज्यान गुमाउनु भएका साथीहरुलाई भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

म पेशाले पत्रकारीता गर्छु । जुनदिनबाट नेपालमा पनि कोरोना भाइरसको महामारी भित्रियो, उक्तदिनबाट नै उचित सावधानी सामाजिक दुरी, माक्स, सेनिटाइजर, साबुन पानीलगायतका हरसम्भव प्रयोग गरि हिडेँका थिएँ । तर जति नै सावधानी अपनाउदा अपनाउँदै पनि दुर्घटना हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ । यद्यपी यो जति नै हल्ला र भ्रमहरु फैलाइएको छ त्यस्तो चै पटक्कै होइन रहेछ भन्ने मेरो १७ दिनको आइसोसन बसाईको अनुभव हो । मलाई फोन, म्यासेज मार्फत मेरो स्वास्थ्य अवस्था बुझ्नु हुने, अनि भेट्न आउनुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद छ ।
तपाईहरुको यो हौसला मलाई पक्कै पनि कुनै प्राण घातक रोगको निदान गर्ने ओखतीभन्दा कम प्रभावकारी भएको छैन । तपाईहरुको साथ सहयोगले गर्दा आज मैले कोरोना जितेर घर फर्कन पाए ।

मलाई कोरोनाले कसरी आक्रमण ग-यो त ? कस्तो हुँदा रहेछ सत्य कति रहेछ र हल्ला, भ्रम कस्तो छ ? के साच्चिकै कोरोना संक्रमण हुने बित्तिकै अरुले हल्ला गरेकै जस्तो गरि मरिहालिने नि हो त ? भन्ने धेरैले प्रश्न गर्नुभएको छ तर म भन्छु कोरोना भनेको सामान्य रोग हो । जुन मान्छेहरुलाई दीर्घकालिन रोग जस्तै निमोनिया, क्यान्सर, ग्यास्टिक, प्रेसर, दम जस्ता रोगले सताइरहेका हुन्छन् त्यस्तै मान्छेहरुले उपचार नपाएर ज्यान गुमाएका हुन नभए कोरोना लागेर मर्ने नेपालमा एकजना पनि छैन । गत साउन महिनाको २२ गते राति अकस्मात उच्च तापक्रमको ज्वरो आउने, छाती दुख्ने, कफ काम्ने, टाउको दुख्ने, घाटी दुख्ने, शरीरको जोर्नीहरु दुख्ने, सुख्खा खोकी लाग्ने आदि लक्षणहरु देखा पर्दै गएका थिए । म सँगै कोठामा बस्ने मेरो सानो बहिनी थिइन् । बहिनीलाई संक्रमण हुन सक्ने खतरा थियो । मेरो बहिनीलाई मलाई कोरोना पुष्टि भए लगत्तै ८ दिनपछि उसलाई पीसीआर जाँच गराए । रिपोर्ट ६ दिनमा नेगटिभ आयो ।


धेरै खुशी लाग्यो । संधै सोच्थे, मलाई लागेता पनि मेरो बहिनीलाई कोरोना नलागोस् । मनमा एउटा कुरा पनि उत्पन्न भयो कोरोना सगैं सुत्दैमा, संगै खादैमा लाग्ने रोग होइन रहेछ । जुन मान्छे कमजोर छ उसैलाई कोरोना लाग्ने सम्भावना बढि रहेको हुन्छ । गत साउन २९ गते पीसीआर टेस्ट गर्दा ३० गते रिपोर्ट आयो । मलाई सबैले घरमा बस्न उचित वातावरण नभए आइसोलेसन वार्डमा जानु पर्छ भनि कल म्यासेज आउन थाल्यो त्यति नै मलाई तनाव बढ्यो । ३१ गते बिहानै मलाई लिन एक्बुलेन्स लिन आयो । मसँग मेरो सानो बहिनी थिए । बहिनी एकलै भएको कारण मेरो मन भक्कानिन थाल्यो । म हेटौंडा १० आनन्दटोलमा विगत लामो समयदेखि डेरामा बस्दै आएका हुन् ।

मेरो घर राक्सिराङ गाउँपालिका वडा नम्बर २ हो । म आफनो काम अनि पढाई गर्दै हेटौडामा बस्दै आएका हुन् । मेरो आमा बुवा गाउँमै बस्नुहुन्छ मसँग मेरो बहिनी बस्छिन् । कोरोना लागेको पुष्टि भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा आइसोलेसन वार्ड गौरीटारमा ३१ गते बिहान ५ बजे एम्बुलेन्सले ल्याइयो । आफु बस्ने छेउछाउमा केही नभनि हिड्ने सोच बनाए । किनकी हाम्रो समाज एकदम खराब छ । म त हिँडे तर बहिनीलाई पो नराम्रो गर्छन् कि ? एकक्षण बसेपछि निस्किनु प-यो भनेर हिड्न खोजे । यता एम्बुलेन्सबाट चाडो निस्किनु भनेको छ मन गहुङ्गो भयो । भक्कानिएर आयो आखाँ रसाए । हिम्मत जुटाएर बहिनीसँग बिदा मागेँ ।

मन भारी छ, मनमा डर त्रास छ, के हुने होला भन्ने । तर पनि घरमा आमा बुवालाई फोन गरेर अनि बहिनीको लागि ठुलो आत्मबल दिएर निस्किनुपर्छ । सबैजना कमजोर हुनुहुन्छ भन्ने लागेर ढुङ्गाको मन बनाएर मुसुक्क हाँसेर म गएँ है, छिट्टै निको भएर आउँछु चिन्ता नलिनु कसैले पनि भने ।
सँगै बस्ने मेरो बहिनीलाई नलागोस भनेर जोगाउन म हिँडेको । आमा बुवालाई मेरो चिन्ता नलिन भने । बहिनीले म नउठ्दै मेरो सबै सामान ठिक्क पारेकी थिइन् । अलि पर सम्म पु-याउन आइन् । अनि बहिनीलाई जान्छु भने । मन त त्यो बेला दुख्यो, जब बहिनीसँग गए है भने । बहिनीलाई एकलै छोडेर । अनुहारमा हेरेर बोल्न सकिन । मन सम्हालिएन धन्न बहिनीले देखिनन् । फर्किएर हेरेँ । ४/५ मिनेट हिँडेपछि एम्बुलेन्स हिड्ने बाटोमा पुगेँ । जे होला होला । आत्तिनु हुन्न जस्तो लाग्यो । म भन्दा कमजोरहरुलाई बाँच्न सिकाउनुपर्छ । म अरुको लागि उदाहरण बन्नुपर्छ भन्ने हिम्मत, आँट मनमा जुटाउने कोसिश गर्दै थिए ।

मेरो १७ औं दिनको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडि कोरोनाको बारेमा जति जे सुने त्यो सब हाम्रै भ्रम हो । कसैले भन्छ कोरोना लागेर मरिन्छ हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाही अलिक धेरै कमजोर बनाउँछ । उहाँहरुले पनि आत्मबल एकदम बलियो बनाएर खानपिनमा ध्यान दिनु भएर सुरक्षात्मक उपाय अपनाएर निको हुन समय लाग्दैन ।

यस्सो झोलामा हेरेको औषधी पनि छुटेको रहेछ त्यो अनि अलिकति फलफुल पनि खानु है भनेर बहिनीले ल्याइदिइन् । एक्बुलेन्स मेरो अगाडी आएर रोकियो । मेरो मुटुको चाल रोकिए जस्तै भयो । म एम्बुलेन्समा चँढे । पहिला कहिल्यै नचढेकाले निक्कै डर लागेको थियो । सम्हालिएर बसे । एम्बुलेन्स सिधै गौरीटार आइसोलेसनमा हुँइकियो । म आत्मबल जम्मा गर्दै थिएँ । मोबाइलमा फोन आउन थाल्यो । म खासै बिरामी पनि थिएन । डर पनि कम हुँदै गयो । केहीबेरपछि एम्बुलेन्स सितलमहलचोकमा रोकियो । त्यहाँ मै जस्तो अर्को एकजना साथी पनि चढ्नु भो । उहाँ पनि म जस्तो सामान्य हुनुहुदो रहेछ । हामी दुबै जना सामान्य अवस्थाकै थियौ । आइसोलेशन वार्डमा पुगे एम्बुलेन्स रोकियो । हाम्रो ढोका खुल्यो, सिस्टरले बिस्तारै ओर्लेपछि सिस्टरले शीघ्र स्वास्थ्य लाभको कामना, छिट्टै निको भएर फर्किनुस है भन्दै बिदा गर्नुभयो । हामीले मुस्कुराउदै खुशीको संकेत दियौ ।

दोस्रो तल्लाको २ सय ९ नम्बर कोठामा गए । बेडमा पल्टिए, एकछिन् सोचेँ । खाजा खाने समय भएको रहेछ । खाजामा एउटा जेरी दुईओटा फुलाउरा रहेछ । म खाजा लिएर आएँ । पानी तताएर खाए । एकिछनपछि तल झर्न मन लाग्यो । कम्पाउण्डमा तारबार गरेको रहेछ । सायद बिरामीहरु भाग्छन् भनेर होला । बस्ने ठाँउ राम्रो थियो । मन आनन्दित भयो । घरमा कसैलाई मेरो चिन्ता नहोस् भनेर फोन गरेर सबैलाई खबर गराए । नयाँ साथीहरुसँग बोलचाल भयो, चिन्जान गरे । संक्रमितहरु बढ्दै गए । बिहान दिउँसो बेलुका सधै नाचगान गरिन्थ्यौ । रमाइलो गरिन्थ्यो । कसैलाई केही भएमा इन्चार्ज सागर काफलेलाई फोन गरेर भन्थ्यौ । उहाँले आवश्यक सल्लाह सहित औषधि दिनुहुन्थ्यो।

मेरो १७ औं दिनको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडि कोरोनाको बारेमा जति जे सुने त्यो सब हाम्रै भ्रम हो । कसैले भन्छ कोरोना लागेर मरिन्छ हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाही अलिक धेरै कमजोर बनाउँछ । उहाँहरुले पनि आत्मबल एकदम बलियो बनाएर खानपिनमा ध्यान दिनु भएर सुरक्षात्मक उपाय अपनाएर निको हुन समय लाग्दैन । सुरक्षित बानीव्यावहार अपनाए कोरोनालाई सजिल्लै परास्त गर्न सकिन्छ । कोरोना जितेर आज म आफ्नो कार्यक्षेत्रमा आएको छु । सबैमा यही सन्देश दिन चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video