कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय


एजेन्सी /
ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ ।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो।

यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ।

कोरोनाभाइरसतस्बिर स्रोत,AFP
हतारमा कोभिड-१९ को खोप प्रयोगमा नल्याउन वैज्ञानिकहरूको चेतावनी
भारतमा कोरोनाभाइरसको खोप डेढ महिनामा उपलब्ध ‘हुन सक्ने’
कसरी खोपले काम गर्छ?
उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो।

यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।

उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको “देखिने” गरी बनाइएको छ।

कोरोनाभाइरसतस्बिर स्रोत,OXFORD UNIVERSITY
‘एन्टीबडी’ र टी-सेल भनेको के हो?

कोरोनाभाइरसका विषयमा ‘एन्टीबडी’बारे धेरै केन्द्रित हुने गरिएको छ। तर ती भनेका प्रतिरक्षा क्षमताका भाग मात्र हुन्।

‘एन्टीबडी’लाई तटस्थ पारिदिँदा कोरोनाभाइरस निस्कृय हुनसक्छन्।

टी-सेलहरू चाहिँ श्वेत रक्त कोषहरू हुन्। यी कोषहरूले प्रतिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् र शरीरको कुन भागका कोषहरूमा सङक्रमण छ भनी पत्ता लगाएर त्यसलाई नष्ट गरिदिन्छन्।

लगभग सबैखाले प्रभावकारी खोपहरूले ‘एन्टीबडी’ र टी-सेल दुवैलाई बलियो पार्ने काम गर्छन्।

महामारीले खोप लगाउने बालबालिकाको सङ्ख्यामा व्यापक कमी
कोरोनाभाइरसको खोप पत्ता लाग्दा गँगटो कसरी सङ्कटमा पर्छ
कोरोनाभाइरसविरुद्ध एउटा अर्को खोपको मानव परीक्षण सुरु
यो सुरक्षित छ?
यो खोप सुरक्षित छ तर त्यसका केही ‘साइड इफेक्ट’ अर्थात् असरहरू छन्।

त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।

त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अक्सफर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए।

अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्ड भन्छिन्, “यो खोपलाई पुष्टि गर्न र हाम्रो खोपले कोभिड-१९ महामारीलाई व्यवस्थापन गर्छ भन्नका लागि धेरै काम गर्न बाँकी छ। तर पहिलो नतिजाले सकारात्मक सङ्केत गर्छ।”
From: BBC

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • आदिवासी जनजाति दिवस बुसान शाखाले अगास्ट ९ मा भव्य कार्यक्रम आयोजना गर्ने
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video