कोरियाबाट प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न दवाव, पहिचानवादी जागिसकेको नेपाल तामाङ संघको चेतावनी


दक्षिण कोरिया/शौल/
संघिय मुलुक सात प्रदेशमा पुन: संरचना भयो । नामाकरण र राजधानी तोकिने क्रम जारी छ । यद्धपि अधिकांश प्रदेशको नाम के राख्ने र राजधानी कहॉ रहने भन्ने मै विवाद भईरहेको छ । यसैलाई मध्यनजर गरेर प्रवासबाटै नागरीकले दवाव दिन थालेको हो । यो साता कोरियाबाट नेवा-ताम्सालिङको आवाज गुन्जियो । नेपाल तामाङ संघ दक्षिण कोरियाको साधारणसभामा प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न सरकार समक्ष जोडदार माग गरेका छन् । संघले सभामा निष्कर्ष निकाल्दै प्रादेशिक नाम पहिचान विपरीत नामकरण नगराउन चेतावनी दिएको हो । सिउलमा भएको कार्यक्रम भव्य रुपमा सफल भएको आयोजकको दावी छ ।
संस्थाको अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्वमा भएको साधारणसभाको औपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथिले शेर्पाले पहिचान प्राप्तिको लागि जहाँ रहेपनि आवाज निरन्तर गुन्जाइ राख्नु पर्ने बताएको थियो । उनले पहिचान भेटनका लागि सशक्त रूपमा अझ अघि बढ्नु पर्ने बताए ।
त्यस्तै प्रदेश ३ एकता समाज कोरियाका अध्यक्ष किशोर ब्लोन नियोगले जातिय पहिचान संविधानमा मात्र सिमित राखेर पहिचानको अनुभुति गर्न नपाउने भन्दै अब व्यवहारमा ल्याउनु पर्ने बताएका छन् । उनले पहिचान पनि भेटिने, द्धन्द पनि मेटिने भनेर मात्र नहुने भन्दै अब यसलाई सरकारले भावना र जातित्वको आधारमा संघीय प्रणाली अनुसार प्रदेश ३ को नाम नेवाः ताम्सालिङ हुनु पर्ने बताए । उनले भने सातै प्रदेशमा जातित्वलाई अधिकार सुनिश्चित गरेको छ, तर आदिवासी जनजातिको मौलिक पहिचानको आधारमा नेवाःताम्सालिङ नाम नै राख्नु पर्ने जिकिर गरे । उनले छिमेकी मुलुक तथा विश्वमा संघीयता अनुसार नै जातिय, भौगोलिक आधारमा नामाकरण भएको उदाहरण दिए । त्यस्तै प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने निर्णयलाई ढिलाई गरेकोमा असन्तुष्ट व्यक्त गरे । उनले भने, यो राजधानी तोक्ने कुरामा ठुलो षडयन्त्र भइरहेको छ । यो बुझ्न जरूरी छ, यस्तो षडयन्त्रको जोडदार रूपमा खबरदारी गर्न अवश्यक छ । अतिथी ब्लोनले प्रदेशको नामाकरणको बारेमा आदिवासी जनजातिको थात्थलो, जनसंख्या एवं मौलिक साँस्कृतिक अधिकार अनुसार नै हुनु पर्नेमा जोड दिए ।


कार्यक्रममा संचारकर्मीहरु सम्मानित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सिउलमा भएको कार्यक्रममा डिजिटल अनलाइन पत्रिका मार्फत समुदायको हरेक क्षेत्रका विविध विषयलाई राष्ट्रिय, अन्तराष्ट्रिय एवं मुलाधारमा उजागर गर्दै आइरहेका चार जना तामाङ पत्रकार सैलुङअनलाइनका अमिर योञ्जन, तेमालअनलाइनका दुधबहादुर लामा, अनलाइन मिडिया वनका संचालक/सम्पादक किशोर ब्लोन नियोग र फोनिज कोरिया डटनेट तथा ओएमसी नेपालका विमल लामा दोङलाई संघले सम्मान गरेको थियो । उनीहरूलाई सम्मान–पत्र र खादा ओढाएर प्रमुख अतिथि/अतिथीहरुले सम्मान गरेका थिए ।


कार्यक्रमका सभापति वाइबाले सभालाई विसर्जन गर्ने क्रममा हामी सबैले मौलिक पहिचानलाई बचाउदै एक भएर आगाडि बढ्नु पर्ने बताए । उनले संघीयता अनुसार जातिय पहिचानको आधारमा प्रदेश नं. ३ ले नेवाः ताम्सालिङ नै नाम राख्नु पर्ने बताए ।

कार्यक्रममा अन्य अतिथिहहरूमा गैर आवासीय नेपाली संघ (एनअरएनए) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा, एनसिसिका बरिष्ठ उपाध्यक्ष श्री श्रेष्ठ, नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा,प्रदेश १ दक्षिण कोरियाका अध्यक्ष अमृत राई, सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा, तामाङ समाज ख्याङ्साङनाम्दो बुसानका कार्यबाहक अध्यक्ष सुजित घिसिङ, तामाङ पत्रकार संघकी अध्यक्ष सिमा लामा, काभ्रे सम्पर्क समितीका अध्यक्ष सानु लामा, मकवानपुर कोरिया मंचको अध्यक्ष राज कुमार गोले, प्रमुख सल्लाहकार चित्र मोक्तान, संरक्षक सोम लामा, सल्लाहकारहरु उईना सिं वाईवा, दावा लामा, सन्जिव गोले, किराँत राई यायोख्खाका अध्यक्ष बालकृष्ण बान्तवा राई, थारू कल्याणकारीणी सभाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महात्तो, थकाली सेवा समाजका अध्यक्ष लोकेन्द्र भट्टचन, संघका प्रमुख सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष चित्र बहादुर मोक्तान, संघका निवर्तमान अध्यक्ष उइना सिं वाइबा, प्रदेश ३ एकता समाजका अध्यक्ष किशोर कुमार ब्लोन,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष गोकुल थोकर, तामाङ पत्रकार संघकी अध्यक्ष सिमा लामा, मनाङ परिवारका अध्यक्ष जेबि लामा,काभ्रे सम्पर्क समितिका अध्यक्ष सानु लामा, मकवनपुर कोरिया मञ्चका अध्यक्ष राज कुमार गोले, दोलखाली समाजका अध्यक्ष सरोज केसी, सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जीब भण्डारी ,रामेछाप सम्पर्क समितीका वरिष्ठ उपाध्यक्ष टंक गौतम ,चितवन सम्पर्क समितीका अध्यक्ष ललित महत्तो,नेपाल ललितकला मंचका कोषाध्यक्ष सोनाम दोङ्वा य्होल्मो , ॐ शान्ति ॐ का प्रतिनिधि मनोज सुवेदी ,अनलाइन रेडियो गोर्खालीका प्रमुख हाङ चेम्जोङ, मगर संघका अध्यक्ष सीपी मगर लगाएतको उपस्थिती थियो ।

औपचारिक कार्यक्रमपछि संघको साधारणसभाको विशेष छलफल भएको थियो । विशेष छलफलले संशोधित विधानलाई बहुमतले पारित गरियो । संस्थाको महासचिव गोकुल थोकर, उपाध्यक्ष राजिव घिसिङ, सचिव दुधबहादुर लामा, अमिर योञ्जनको उपसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको थियो । महासचिव थोकरले वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

त्यस्तै संघको कोषाध्यक्ष मनोज वाईबाले तीन पेज आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्षका अनुसार संस्थाले ल्होछार कार्यक्रममा निरन्तर घाटा व्योहोर्दै आइरहेको सुनाए । आर्थिक प्रतिवेदन अनुसार संघले अघिल्लो आर्थिक पुँजीको ४० प्रतिशन खर्च गरेको देखाएको छ । सरदरमा हेर्दा आम्दानीको ४ गुणाले खर्च भएको देखाएको छ । संघको आर्थिक उपसमिति विघाटन गरी सल्लाहकार आङादावा तामाङको संयोजकमा तीन सदस्य लेखा समिति गठन गरेको छ । सदस्यमा सल्लाहकार सन्जीप गोले र पार्वती तामाङ चयन गरेका छन् ।

संस्थाको गौतम लामा तामाङको अध्यक्षतामा सन् २००३ सालमा स्थापना भएको थियो । हाल नवौं कार्यकाल चलिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video