प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो


सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै जनतालाई सान्त्वना दिएका छन । सदियौं देखि जनताले जोखिम मोल्दै पैदल हिड्नु परेको पीडा, बर्सेनि मानवीय क्षति व्यहोर्नुपरेको विक्षिप्त परिघट्नालाई “परेवाभीर” शिर्षकको कवितामा वास्तविकता उजागर गरेका छन ।

कविता-“परेवाभीर”

परेवाभीर,
शब्द,कति कर्णप्रिय लाग्छ
मधुर आवाजमा सम्बोधन गरौँ झैं लाग्छ
परेवाभीर …
मेरो शान्तिको प्रतिक परेवाको बासस्थान भएकोले ।

कल्पनाको सागरमा डुब्न थाल्छ नि जब मान्छे
सुन्दर प्राकृतिक छटाले भरिपूर्ण संसार होला झैं लाग्छ
तिम्रो कृतिम आधुनिक शहरबाट
प्रकृतिका कठिनाइहरूसँग जुधिरहेका
भुइँ मान्छेको पीडा अलग्याएर,
बाजहरुका सन्तानका निम्ति
म प्राकृतिक सुन्दरता जोगाईरहेका
डलरापेक्षी देशको
एउटा बबुरो मान्छेहरुको भीडमा
म पनि पीडा भरेर बाँचिरहेछु ।

त्यो प्राकृतिक कठिनाई पनि
बाजबाट बच्न परेवाको लागि
तोराबोरा हो परेवाभीर
तर हाम्रो लागि ज्यानमारा भीर ।

हो, त्यही ज्यानमाराभीरमा
म मेरो शान्तिको प्रतिक परेवा नियाल्दै
धेरै पटक वारपार गरेको छु
कहिले नुन भुटुन बोकेर
कहिले विकासे सरदामहरु बोकेर
कोदो मकैको जाँड र गुन्द्रुकको सितनको भरमा ।

मैले आँखा अगाडि मेरो आफन्त छोप्दा छोप्दै गुमाएको छु
हात समातेर हिँड्दा हिँड्दै पनि छुटेका छन्
मैले पनि
माथिबाट बर्सिएका तिखा ढुङ्गाहरू धेरै छलेको छु
झण्डै लडेका पल बेहिसाब छन् ।

साँच्चै त्यो छंगाछुर भीरमा
प्राकृतिक रूपमा बनेका खोपिल्टो बाहेक
सहारा केही छैन
ढाटेको भए मरी जाउँ
एकपटक बर्खे मौसमको बैश चढेको बेला
सवारी होस् महाशयको
कृपया एकपटक पाउ कष्ट गरौँ
तिमीले कल्पिएका प्राकृतिक सुन्दरता भित्र
कुन पीडा लुकाएर हाँसिरहेका छौँ हामी
छर्लङ्ग देख्नु हुन्छ
हामीलाई मृत्युले कसरी गिज्याइरहेको छ
थाहा पाउनु हुन्छ
हामीले मृत्युलाई कसरी जितिरहेका छौँ
बकाईदा प्रमाण भेटाउनु हुन्छ ।

आउन महोदय विचरण गर्न
मेरो पुर्खाले ढुङ्गे युग देखि हिँडेको बाटो हो त्यो
विभिन्न काल र व्यवस्था गुजारी सकेको चट्टाने भीर हो
यो २१ औँ शताब्दीमा हामी जित्न सक्छौँ त्यसलाई
बस प्रण गरौँ
अब हामी
मानवीय समवेदना गुमाउँदैनौं
परेवाभीरमा लाश जन्माउँदैनौं ।

२०७७/०३/१६
हेटौँडा,मकवानपुर

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video