सुष्मा रानाहँमाको कविता- “सिमा”


“सिमा”

✍️सुष्मा रानाहँमा

समयले कोल्टे फेर्छ भन्थे
तर किन गिज्याई रहेछ आफ्नै सिरानीले
समाचार पढ्छु देशको
लामो सुस्केरा आऊछ अनायास
यति हुदाँहुदैं
फर्किनु त छदै छ जीन्दगीको आफ्नो लयमा
निथ्रुक्क रूझ्छु पसिनाले
आहा!
कति मिठो पसिनाको गन्ध
बेस्सरी कुडिन्छ मन ।

निदाएको थिए एकछिन हिजो राती
सपनामा सानी नानीहरू छेऊमा बसेर
पेन्सिलले देशको नक्शा कोर्दै,मेट्दै थिए
अचानक भेरीमा बाढि आयो
केहि थान प्रेमिल सपनाहरू बगाए
छुट्याई दियो तिम्रो मेरो विचको सिमा छुत-अछुतको

मनमा त उठाएकै हुँ देशको सिमामा काडेतार बार
हुनत,कहाँ लडेको छौ र माटो स्वतन्त्रताको मुक्ति युद्ध ?
बिभेद, अत्याचार उठेको दम्भ माथि युद्ध ?
तर लड्नु त छदै छ
बाह्य र आन्तारीक कोलनी माथि युद्ध

खैर,सरकार !
सामाजिक सिमा तोकी रहेछ
भोकको सिमा बढ्दो छ
रोगको सिमा मौलाउदो छ
राष्ट्रको सिमा खुम्चदो छ
बिभेद, असमानताको सिमा उम्दो छ

देश बिरामी छ
सिमाहरू बिरामी छ
समयले,माटोले फिडेल क्यास्टो खोजी रहेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video