फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफ.सीको पोल्टामा


दक्षिण कोरिया/ बुसान/
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । खेलको पहिलो उपाधि एभरेष्ट एफ सीको पोल्टामा परेका छन ।
प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रम भएको हो । उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेको थियो ।बिशेष अथिति नागर्जुङ गुम्बाका लामा प्रमुख उर्केन लामा र नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवाले बुद्ध र बुद्ध जन्मेको देश नेपाल चिनाउने कार्यक्रम आयोजना गरेकोमा आयोजक तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको प्रशंसा गर्दै सहभागी सम्पूर्ण टिमहरुलाई शुभकामना दिएको हो ।
याङ्सान स्थित 평산동 웅상 체육공원 को खेलमैदानमा भएको उक्त प्रतियोगीतामा जम्मा २८ टिमको सहभागितामा सम्पन्न भएको हो । प्रतियोगितामा दर्शकहरुको पनि बाग्लो उपस्थिती रहेको थियो । प्रतियोगिताको फाइनल खेलमा १-० को नतिजा निकाल्दै एभरेष्ट एफ.सीले ट्रफी, मेडल सहित नगद २० लाख वन र उपविजेता बन्दै डेउ एफ.सीले ट्रफी, मेडल सहित १० लाख वन पुरस्कार पाएको छ । एकदमै रोचक र कडा प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगिताको फाइनल र सेमिफ़ाइनल खेलहरु पोल A बाट एभरेष्ट एफ.सीले फारन एफ.सीलाई पराजित गरेको थियो भने पोल B बाट डेउ एफ.सीले तामाङ एफ.सीलाई पेनाल्टि सुटआउटमा हराउदै फाईनल प्रवेश गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video