बिदेशबाट गायक रुम्बाले बैशाख १२ सम्झिए- एक युगमा एक दिन (कोलो दिनको


 

किशोर नियोग/दक्षिण कोरिया/ बिदेशबाट २०७२ साल बैशाख १२ गते आएको महा भूकम्पलाई गायक सुर्य रुम्बाले सारा नेपालीहरुको नाममा सम्झना गरेको छ ।

ईतिहास मै ठुलो कम्पनमा आएको भूकम्पले हजारौको ज्यान लियो भने लाखौंलाई घरबार विहीन बनाएको थियो । गायक रुम्बाले Luck एल्बममा समाबेस गरेको “एक युगमा एक दिन” बोलको गीतबाट बैशाख १२ को महा भूकम्पलाई कालो दिनको दस्तावेजको रुपमा उतारेको छ ।

गायक रुम्बाको जन्म बैशाख २६ पदमपाेखरी टुटेपानी हेटाैंडा १३ मकवानपुरमा भएको हो । उनले अध्ययनलाई S.L.C पछि ललितकला क्याम्पस भाेटाहिटी काठमाडौंबाट शास्त्रीय संगीतमा स्नातक (B.mus) गरेर पहिलाे एल्बम : नाम , २०६६ सालमा music.com बाट बजारमा आएको हो । उक्त एल्बममा जम्मा ८ वटा गीत समाबेश छ। उक्त एल्बमकाे मारुनी बाेलकाे गीत अत्याधिक रुचाइएकाे थियो । यसकाे शब्द,संगीत गायक शिबराज गुरुङले गर्नुभएको हाे । यस बिचमा गाेबिन्द शाहीको ‘संसार आफ्नै” चलचित्रमा गायक चेतन राईसंग मिलेर संगीत गरेकाे थियो । अनि दाेस्राे एल्बम २०७२ सालमा सार्वजनिक भएको हाे । जुन वर्ष हाम्रो देश नेपालमा बैशाख १२ गते बिनाशकारी महाभुकम्प गएको थियो । यस एल्बमको नाम हाे लक(Luck) जसमा जम्मा ६ वटा गीत समाबेश गरिएको छ । सबै गीतमा आफ्नै शब्द ,संगीत र स्वर रहेकाे यस एल्बममा समाबेश एउटा गीत बैशाख १२ काे महाभुकम्प सम्बन्धि रहेकाे छ । भुकम्पमा उनले देखेको, भाेगेकाे दुख, समस्या र पीडालाई समेटेर लेखिएको गीत एक युगमा एक दिन ।

उक्त गीत लेख्ने र संगीत गरिरहंदा पनि भुकम्पका पराकम्पहरु गैरहेकाे थियाे भन्छन उनी । त्यसैले मनमा जसरी पनि याे कालाे दिनकाे सम्झनामा एउटा दस्तावेज तयार गर्नुछ भन्ने साेंचेर तयार गरिएको गीत रहेको दाबी छ । यसकाे भिडियाे पनि त्यस्तै अवस्थामा बनाइएको हाे। पीडितलाई उद्दार तथा राहत कार्यक्रम पनि गर्दै नुवाकोट, सिन्धुली सिन्धुपाल्चोक दाेलखा लगायत काठमाडौंका विभिन्न ठाउँमा खिचिएकाे दृश्यहरु रहेको छ । निर्देशन राजु लामाले गरेको छ । यो गीतको मोडलमा गायक रुम्बा नै रहेको छ । साथै कलाकारहरु आशमान राई, रमन पाेखरेल, राजु लामा रहेका छन्। र याे एल्बम एशियन म्युजिकले बजारमा ल्याएको हाे ।गायक रुम्बा हाल रोजगारको सिलसिलामा दक्षिण कोरियामा छन । उनको भॉबी दिन मै नयॉ एल्बम बजारमा ल्याउने तयारी रहेको जनाएको छ ।

Lock एल्बमको अन्य गीतहरुकाे पनि भिडियो youtube मा हेर्न सक्नुहुनेछ । यो हेर्नुहोस एक युगमा एक दिन ….!

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video