अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान-फ़ेसबुक गोपनीयताको ज़िम्मेवार को रहन्छ ?


काठमाडौं : प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्।
जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए। उक्त सुनुवाई पाँच घण्टा चलेको थियो।

मार्क जुकरबर्ग। फोटोः सिन्ह्वा/रासस

लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कम्पनी एनालिटिकाले प्रयोग गरिरहेको भेटिएपछि फेसबुक विवादमा तानिएको छ। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि उनलाई अमेरिकी सिनेटले बयान लिएको हो।
जुकरबर्गले फेसबुकमा सेयर गरेका सूचनाहरू कसरी प्रयोग गरिन्छ भन्नेमा प्रयोगकर्तालाई स्पष्ट जानकारी दिनुपर्नेमा आफू विश्वस्त रहेको बताए। ‘त्यसैले हरेक पटक तपाईँ फेसबुकमा चाहे फोटो सेयर गर्नुस् वा म्यासेज नै, त्यहाँ कोसँग सेयर गर्ने भनेर कन्ट्रोलको अप्सन राखिएको छ’, उनले भने, ‘तपाईँ त्यो जुनसुकै बेला परिवर्तन गर्न सक्नुहुन्छ।’ उनले लामो प्राइभेसी पोलिसी (गोपनीयता नीति) बनाउँदा मानिसहरूले नपढ्ने भएकोले बुझिने गरी फेसबुकले प्राइभेसी पोलिसी बनाएको जिकिर गरे।
एक सिनेटरले जुकरबर्गलाई व्यक्तिगत प्रश्न सोधे। ‘तपाईँ हिजो राति कुन होटेलमा बस्नुभएको थियो भन्न सक्नुहुन्छ?’, उनको प्रश्न थियो।
‘म सार्वजनिक रुपमा भन्न चाहन्न’, जुकरबर्गको जवाफ थियो, ‘मलाई लाग्छ हरेक व्यक्तिले आफ्नो सूचना कसरी प्रयोग भइरहेको छ भन्नेमा नियन्त्रण राख्नुपर्छ।’

जुकरबर्ग। फोटोः सिन्ह्वा/रासस
जुकरबर्गले क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रयोग गरिरहेको बारे बेलैमा उसलाई बन्द गर्न नसकेको स्वीकार गरे। ‘हामीले उनीहरूको कुरा पत्यायौँ र केस सकियो भन्ठान्यौँ’, उनले भने, ‘हामीले अहिले हाम्रो नीति परिवर्तन गरेका छौँ र पुनः यस्तो कमजोरी हुन नदिने विश्वास दिलाउन चाहन्छौँ।’
फेसबुकले विज्ञापनकर्तालाई प्रयोगकर्ताको विवरण विक्री गर्छ भन्ने गलत मानसिकता रहेको बताए। ‘हामी त्यसो गर्दैनौँ। हामी विज्ञापनदाताको लक्षित वर्गसम्म विज्ञापन पुर्‍याउन त्यहीअनुसारको स्थान उपलब्ध गराउने काम मात्र गर्छौँ’, उनले भने, ‘हाम्रो यो व्यावसायिक मोडेलको अपव्याख्या पनि हुने गरेको छ।’
उनले आफू नियमन हुनै हुँदैन भन्ने पक्षमा नरहेको बताए। ‘इन्टरनेट मानव जीवनको महत्वपूर्ण पाटो बनिसकेको छ, त्यसैले नियमन हुनुपर्छ कि पर्दैन भन्दा पनि सही नियमन के हो भन्ने बास्तविक प्रश्न हो भन्ने मलाई लाग्छ’, उनले भने।
उनले फेसबुकमा हुने कुराका लागि आफू जिम्मेवार भएको बताए। प्रयोगकर्ताको तथ्यांक तथा व्यक्तिगत विवरणको दुरुपयोगमा पनि आफू नै जिम्मेवार रहेको उनको भनाई थियो। ‘यो मेरो गल्ती थियो, म माफी माग्छु’, उनले भने, ‘मैले फेसबुक बनाएँ र चलाएँ। यसमा जे हुन्छ, त्यसका लागि म नै जिम्मेवार हो।’
उनले झूठा समाचार, निर्वाचनमा वैदेशिक हस्तक्षेप, कसैप्रति द्वेष फैलाउने सामग्री र तथ्याकंक नीतिसम्ब्नधमा काम गर्न धेरै बाँकी रहेको स्वीकार गरे।
राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताको विवरण लिएको र ती विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग गरेको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video