कृतिमानी शेर्पालाई उपराष्ट्रपति पुनद्धारा प्रमाणपत्र हस्तान्तरण


काठमाडौँ, (रासस) : कफी बनाउने पेशा (बरिष्टा)मा संलग्न नेपाली युवती दावुती शेर्पालाई विश्व कृतिमान कायम गरेको प्रमाणपत्र प्रदान गरिएको छ ।

“सगरमाथा आरोहण गर्ने पहिलो महिला बरिष्टा”को रुपमा उहाँलाई आज उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजित कार्यक्रममा शेर्पालाई “वर्ड बुक अफ रेकर्ड”को तर्फबाट दिइएको प्रमाणपत्र उपराष्ट्रपति पुनले हस्तान्तरण गर्नुभएको वर्ड बुक अफ रेकर्डका नेपाल संयोजक सागर कटुवालले जानकारी दिनुभयो ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९, सिमीगाँउ घर भएकी शेर्पाले २३ बर्षको उमेरमा गत बर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले दुई नेपाली, एक चिनियाँ र एक युक्रेनी गरी चार जनालाई सगरमाथाको चुचुरोमै कफी बनाएर खुवाउनु भएको थियो ।

आफ्नो पेशाप्रतिको आकर्षण बढाउन र नेपाललाई विश्वभरी थप चिनाउन आफुले सगरमाथाको चुचुरोमा पुगेर कफी बनाएर खुवाएको उहाँले बताउनु भयो ।

“बरिष्टा दावा”को नामले पनि चिनिनुहुने शेर्पाले काठमाडौ बौद्धमा कफीका विभिन्न परिकार पाइने र प्रशिक्षण दिइने मितिनी क्यापे पनि संचालन गर्दै आउनु भएको छ । उहाँ सन् २०१८ को मिस शेर्पा पनि हुनुहुन्छ ।
न्यूजअभियान

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा उपराष्ट्रपति पुनले यस्ता प्रतिभाहरुलाई थप हौसला र सहयोगको आवश्यकता भएकोमा जोड दिनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video