कोरियन भाषा परिक्षा जेठको अन्तिम साता- ईपिएस कोरिया शाखा नेपालका निर्देशक खतिवडा


सन् २००८ मा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच सम्झौता भएर ईपिएस प्रणाली लागु गरिएको हो । थोरै लगानीमा राम्रो कमाई हुने हुदा नेपाली युवा माझ कोरिया निकै आकर्षक गन्तब्यको रुपमा परिचित छ । उसो त पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बददो छ । कोरिया जान चाहने युवालाई लिईने कोरियन भाषा परिक्षा प्राय जसो हरेक बर्ष खुल्ने गर्छ । यसै बिषयमा केन्द्रित रहेर ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडासंग निश्चल काउचाले गरेको कुराकानी :-

यो बर्षको पिबिटी परिक्षा कहिले हुन्छ ?
अहिलेसम्म एचआरडी कोरियाबाट कुनै कार्यतालिका आएको छैन । सामान्यतया जेठको अन्तिम सातामा हुन्छ ।

यसपाली कोटा थपघट हुने सम्भावना छ ?
अहिले नै यसै भन्न सकिन्न । आसा गरौ फोहोर साल भन्दा बढेर आउने छ ।

आउदो बर्ष देखि कम्पुटर प्रणालीमा आधारित परिक्षा लागु गरिने भनिएको छ नी?
२०१९ देखि नै लागु हुन्छ । अहिले हाम्रो सिबिटी परिक्षा हल निर्माणकार्य जारि छ । २०२० देखि त अनिबार्य रुपमा कम्पुटर प्रणालीमा जानै पर्छ । हामी त्यहि अनुसार अगाडी बढिरहेका छौं ।

पछिल्लो चरण औधोगिक दुर्घटनामा परेर र आत्महत्या गरेर ज्यान गुमाउने नेपालीको संख्या बददो छ । यसलाई रोक्न ईपिएस कोरिया शाखा नेपालले के -कस्तो कदम चालेको छ ?
यस बिषयमा हामी एकदमै संवेदनसिल छौ । यहि बिषयमा हामीले वर्कसप पनि गरिसकेका छौ । उक्त वर्कसपले दिएको प्रतिवेदनलाई कार्यन्वयन पनि गरिरहेका छौ । केहि हप्ता अघि मात्र दुई जना नेपाली डाक्टरलाई कोरिया पठाएर कामदारसंग अन्तरक्रिया पनि गरिसकेको अवस्था हो । अव डाक्टरहरुको रिपोर्ट आए पछि राज्यको स्रोत र साधनले भ्याएसम्म लागु गर्ने छौ । ओरेन्टेसन क्लास दिईने सामाजिक मनोपरामर्श पहिले एउटा मात्र दिईने गरिन्थ्यो भने अहिले दुईवटा क्लास दिने गरेका छौ । पाठयक्रम पनि चेञ्ज गरेर कोरिया पुगे पछि भैपरी आउने घटना ,दुर्घटनाको बारेमा अर्को क्लास पनि चाडै नै थप्दै छौ ।

कोरिया रहेका नेपाली कामदारको लागि रेमिट हाईड्रोमा लगानी गर्ने अवसर जुटाउने कार्ययोजना कहाँ पुग्यो ?
यस बारे मलाई जानकारी गराईएको छैन । यस्ता खालका योजनाहरुमा नेपाल सरकारले नै नीति ल्याउनु पर्छ ।

कोरियाबाट फर्केका कामदारलाई लिइने सिबिटी परिक्षा कहिले हुन्छ ?
हामीलाई एचआरडी कोरियाबाट प्राप्त कार्यतालिका अनुसार अप्रिल र अगस्तमा फारम खुल्ने भनिएको छ । परिक्षा मिति नै तोकेर अहिलेसम्म एचआरडी कोरियाबाट कार्यतालिका आएको छैन । २०१८ भित्र सिबिटी परिक्षा दुई चोटी हुन्छ ।

कोरिया पुगेर हुण्डी च्यानल प्रयोग गरेर पैसा पठाए पुन कोरिया जान रोक लगाईने निती ल्याईने भनिएको थियो नी?
यसबारे नेपाल सरकारले पहल गरिरहेको छ । अब छिट्टै नै कार्यन्वयन हुन्छ ।

कोरियाबाट फर्केका कामदारलाई स्वदेश फर्के पछि उधम गर्न चाहनेलाई सहुलियत रुपमा ऋण दिने भनिएको थियो । कहिले देखि कार्यन्वयनमा आउछ ?
यस बिषयमा पनि नेपाल सरकारले नै नीति ल्याउनु पर्छ । हामी कहाँ कुनै नीति आएको छैन ।

अन्त्यमा कोरिया जान चाहने युवाहरुलाई केहि भन्न चाहनु हुन्छकी?
पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । कोरियामा अरु देशको तुलनामा कडा परिश्रम गर्नु पर्ने भएकोले काम गर्न सक्छु भन्ने मानसिकता बोकेर जानु होला ।

हटपाटीबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video