सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा


दक्षिण कोरिया, सौल ।

ल्होसार ल्हाब्सोल सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र जनजाती महासंघको सहयोगमा कार्यक्रम हुने भएको छ ।

नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थापित स्थान, धर्मिक तथा पर्यटकीय स्थल दक्षिण कोरियाको योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए ।

आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिन्छ ।

लोसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मन्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमा रमाईलो गरी शुभकामना (आशिर्वाद/मोलम) अदानप्रदान गरीने रमाईलो चाडका रूपमा मानिन्छ ।
त्यसै गरेर लोसार (छेपा-सुं) तृतीय- पूह्री सम्ममा धार्च्योगका साथै लुङताहरू विभिन्न बौध्द मन्त्र छापेको लुङत, पन्चरंगी ध्वजाहरू आग्लो आग्लो डाँडामा वा आफ्नो घर–घरमा धार्च्योग् चढाउने लुङता हावालाई चढाई ल्हाब्सोल भगवानहरू प्रति जय जयकार गरिने प्रचलन रहेकोले यसपाली पनि कोरियमा रहेका नेपालीहरूले जातीय कला, सांस्कृति र भेषभूषामा आ-आफ्नो जातिय नृत्यका साथ भव्य प्रस्तुती रहने छ ।

कार्यक्रममा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपाली र कोरियान बौध्दमार्गीहरू संगको अपसमा भाइचरा, र २ कोरिया बिच समेत शान्ति र समझौता छिट्टै कायम भै विश्वशान्ती छैयोस भन्ने उध्देश्यले यस ल्हाब्सोल कार्यक्रम आयोजना गर्न गइरहेका छौं ।
दुइ देशको नागारिक सुमाधुर संबन्धा र सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य र विश्वशान्ति लागी यो ल्हाब्सोल कार्यक्रम अति नै अवश्यक महत्वपूर्ण रहेको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।
त्यसैले उक्त मिति, समय र स्थानमा नेपाली तथा कोरियान सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूको गरिमामय उपस्थितिका लागि समेत प्रमुख लामाले निमन्त्रणासंगै हार्दिक अनुरोध गरेका छन् ।

उक्त कार्यक्रम स्थलमा जान दोङदेमुनबाट प्रस्थान विहान ठिक कोरियन समय ८ बजे बसको व्यवस्था पनि गरिएको छ ।

जोकोही सहयोग (दान) गर्न ईच्छुक दाताहरूले धार्मिक कार्यक्रममा भोजन तथा चियापानको लागी सहयोगको पनि अपेक्षा राख्दछौं। स्वैच्छिक सहयोगका लागि सम्पर्क नं.: 010-8534-7919 मा फोन गर्न सक्नुहुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video