काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी


दक्षिण काेरिया/ शाैल/
दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे भव्य तयारी गरेकाे आयाेजकले जनाएकाे हाे ।

विश्वमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको शान बेग्लै छ ।”पहिचान सहितको संघीयता ताम्सालिङ प्राप्तिको अभियान” भन्ने मुल नाराका साथ नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान चाड जिवा ल्हो ( मुसा वर्ग) मन्जुश्री सम्वत २८५६ औं सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम हुने संघको अध्यक्ष मेघ वाईवाले बताए । प्रत्येक वर्ष झैं यसपटक पनि ल्होछारमय सांस्कृतिक कार्यक्रम सुसम्पन्न गर्नका लागि नेपालबाट सेलो तथा म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ,सेलो गायिका लक्ष्मी तामाङ, सेलो गायक विशाल तामाङ,डान्सर एवं टेलिभिजन प्रस्तोता स्वयत्ना योन्जन,बेलायतबाट सेलो गायिका देश कुमारी तामाङ (देशु गोले) र भारतबाट भ्वाइस अफ नेपालका चर्चित गायिका वैशाली लामालाई निमन्त्रणा गरिएको छ । साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रममा विशेषगरी तामाङ जातिको मौलिक भेषभुषाको साथमा डम्फू नाच प्रदर्शन र विभिन्न ल्होछार परिकारहरुको व्यवस्था रहनेछ । तामाङ जातिको भाषा ,धर्म,संस्कार,संस्कृति,मौलिक भेषभुषाको संरक्षण र संबर्द्धन गर्ने उधेष्यका साथ मनाउन लागिएको विशुद्ध सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि कोरियावासी तामाङ तथा गैर तामाङ दाजुभाइ दिदिबहिनीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,
शुभचिन्तक,व्यापारी,बुद्धिजीवी,पत्रकार,विद्यार्थी,खेलाडीहरुमा हर्षोल्लासमय सहभागिता जनाई आर्थिक,भौतिक र नैतिक रुपमा सहयोग गरि कार्यक्रमलाई भव्य सभ्य रुपमा सफल पारिदिनु हुनका लागि नेपाल तामाङ दक्षिण कोरियाले हार्दिक अपिल गरेका छन् ।
अग्रिम आर्थिक सहयोग गर्नुभएका महानुभावहरुलाई ‘स-सम्मान सहित प्रवेश’ रहेको छ भने प्रबेश शुल्क: 35,000₩ ताेकिएकाे आयाेजकले जनाएकाे हाे ।

कार्यक्रम हुने स्थान:
#मिति:-24th January, 2020
#स्थान:-सउल
#समय: दिउँसो ठिक 12 बजे
#जाने_तरिका : (Line 4 को 미아사거리역 3번 출구 बाट सिधा अगाडी हिडेर 2 मिनेट or 동대문 역 बाट 5 station मा ओर्लिने~~
(Victoria Hotel, 빅토리아 호텔)

For private vehicles:-
서울특별시 강북구 도봉로 16 지하 1층

थप जानकारीको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।

सोम वाईवा तामाङ 010-2991-1974
उईनासि तामाङ 010-5668-2035
मनोज तामाङ 01029007944
सन्जिप कुमार गोले 010-8263-9663
पार्वती मोक्तान : 01085358860
मेघप्रसाद वाईवा तामाङ 010-6473-9902
राजिब घिसिङ : 01021160560
सानू लामा : 01059641729
गोकुल थोकर : 01082381921
बुद्ध लामा : 01021661924
दूध बहादुर लोप्चन : 01059590502
अमिर योन्जन : 01048376057
स्नेह लामा : 01040578549
मिना गोले : 01090447889

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video