प्रदेश ३ काे राजधानी हेटाैडा, नाम बागमती घोषित


हेटौंडा
प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए । प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वाचित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए । 3 नको प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने प्रस्तावमा समर्थक समेत नपाएपछि प्रक्रियामा सहभागी नभएका हुन् ।

राजधानीबारे टुंगो लागेपछि प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अब बस्ने बैठकले प्रदेशको नामबारे निर्णय गर्ने छ । प्रदेशको नामबारे भने एउटा मात्रै वागमती राख्ने प्रस्ताव परेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video