हेटौंडा हुँदै पूर्व–पश्चिम रेलमार्ग


हेटौडा/
चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व- पश्चिम रेलमार्ग निर्माण हुने भएको छ।रेल विभागले निकुञ्ज छलेर नयाँ एलाइनमेन्टको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न प्रक्रिया अघि बढाएको छ।

विभागका महानिर्देशक बलराम मिश्रले जनवरीभित्र कन्सल्ट्याण्ट नियुक्त गरेर डिपिआर निर्माणको काम सुरु गर्ने जानकारी दिए। मिश्रका अनुसार विभागले ६ वटा कम्पनीलाई सर्टलिष्टमा छनोट गरेको छ ।

उक्त कम्पनीमध्येबाट उपयुक्त एउटा कम्पनीले डिपिआर निर्माणको जिम्मा पाउनेछ । १० महिना डिपिआरको फाइनल रिपोर्ट रेल विभागलाई दिनुपर्नेछ।सुरुमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्गको डिपिआर तयार पारिएको थियो। तर विश्व सम्पदा सूचीमा समावेश राष्ट्रिय निकुञ्ज हुँदै रेल संचालन गर्दा दुर्लभ वन्यजन्तुको वासस्थान नाश भन्दै वन मन्त्रालयले विकल्प खोज्न रेल विभागलाई आग्रह गरेको थियो।

विभागले विकल्पमा अध्ययन सुरु गर्यो। अध्ययनले निकुञ्ज छलेर निजगढ हेटौंडा भरतपुरहुँदै नवलपरासी निस्कन सकिने रिपोर्ट दियो । सोही रिपोर्टका आधारमा रेलमार्गका लागि डिपिआर तयार पार्न लागिएको मिश्रले बताए।निकुज हुदै रेलमार्ग निर्माँण गर्दा करिव १ सय ८ किलोमिटर हुन्थ्यो भने अब करिव १ सय ३६ किलोमिटर हुनेछ।

पुरानो रुट रौतहटबाट बाराको सिमरा हुदै ठोरी आएर चितवन छिर्थ्यो।अब रौतहटबाट निजगढ हुँदै हेटौडा जाने र त्यहाँबाट चितवनतर्फ नयाँ रुट ल्याएको हो। चितवनको लोथर हुदै छिर्ने रेल टाँडी र सौराहाको वीचबाट वीस हजारी तालको दक्षिणबाट भरतपुर निस्कनेछ।

सुरुमा रेलमार्गको डिपिआर तयार पारेको भएपनि वन तथा वातावरणीय हिसावे नमिल्ने भएपछि निकुञ्ज छलेर नयाँ डिपिआर तयार पार्न लागिएको हो।पूर्व पश्चिम ९ सय ४५ किलोमिटर (थपघट हुन सक्ने)रेलमार्गको एक बर्षभित्र डिपिआर फाइनल उनले जानकारी दिए। डिपिआर फाईनल भएपछि मात्रै रेलमार्ग निर्माणको मोडालिटी तयार हुनेछ।

पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि १० खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।पर्याप्त बजेट र नयाँ प्रविधि प्रयोग भए पाँच वर्षमा रेलमार्ग निर्माण हुनेछ। यो रेलमार्ग स्ट्याण्डर्ड (एडभान्स)गेजमा निर्माण गर्न लागिएको छ।

(प्रहरखबरबाट साभार)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video